
पोखरा, १८ फागुन /पोखरा लेखनाथ महानगरपालिकाको खपौंदीमा प्याराग्लाईडिङ खस्दा २ जना घाईते भएका छन् । हावाहुरीका कारण ल्याण्ड गर्ने क्रममा अनियन्त्रित भई प्याराग्लाईडिङ भुईँमा झरेको थियो ।
दुर्घटनामा जापानी नागरिक यामाजकी नामोदोकी र पाईलट पोखराका खहरेका ३४ बर्षिय राजबहादुर जिसी घाईते भएका हुन् ।
घाईते मध्ये जापानी नागरिकको सामान्य उपचार पछि फर्किएका छन् भने पाइलको ढाडमा चोट लागेका कारण फेवा सिटी अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
Leave a Reply