
रोहीत वस्नेत
२०७४माघ ०५ ः पोखरा आउने पर्यटक होटललाई छोडेर होस्टेलमा ह्वात्तै बढेका छन् । सिमित शुल्कमा एउटै छानामा सुरक्षित तथा सुविधा सम्पन्न बसोबास, गुणस्तरीय खानपान तथा जीवन मार्गर्दशनसँगै स्वस्थ जीवनको सारथी बनेपछि होस्टेल रोज्नेहरुको संख्या बढ्दो छ ।
विभिन्न देशवाट आएका पर्यटकहरु एकै ठाउँमा एउटै छाना भित्र एउटै हलमा रमाइलो गरी सुपथ मुल्यमा वास बस्न पाउने हुँदा पर्यटकको वसाई पनि लम्बिन सक्ने होस्टेल संचालक हरु बताउँछन् उनी भन्छन । अहिले काठमाडौ तथा पोखरामा धेरै पर्यटक होस्टेलहरु खुलेका छन् ।
उता अन्नपूर्ण पदमार्गमा थुप्रै होटल छन् तर घुम्न आएका पर्यटकहरु होमस्टेमा बस्ने गरेका छन् । होमस्टे सञ्चालक भन्छन् घर घरमा पारिवारिक वातावरणमा रमेर पारिवारिक वातावरण र स्थानीयस्तरमा उत्पादित अर्गानिक खानेकुराका कारण पनि होमस्टेमा आउनेको सङ्ख्या बढेको छ । आफ्नै घरको जस्तो वातावरण स्थानीय स्तरमै उत्पादित वस्तुको परिकार जस्तैः कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद स्थानीयरुपमा कोदोबाट तयार गरिएको मदिराको स्वाद लिनका लागि पनि ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटकहरु आकर्षित भएको पाईन्छ ।
अतिथि सत्कारको अनुभव गराउने मौलिक कला,संस्कृति झल्किने झ्याउरे,चुट्के,ठाडो भाकाका गीतहरू तथा नृत्यहरू सँगै पर्यटकहरुलाई माला लगाइ गीत र नाचले स्वागत गर्दा पर्यटकको मन पनि फुरुक्क हुने गर्दछ ।
नेपालमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न होमस्टे कोशेढुंगा सावित भएको छ भने गाउँमा पर्यटन प्रबद्र्धनका लागि ठुलो भूमिका खेलेको पाइन्छ साथै हामस्टेले नेपालमा पर्यटकको संख्यामा बृद्धि गर्नुका साथै पर्यटकको सन्तुष्टिमा पनि बृद्धि गराएको छ ।
नेपालका विभिन्न सहरहरुबाट जस्तैः काठमाडौँ , पोखरा, धरान, विराटनगर, नेपालगञ्जबाट होमस्टे अध्ययनकै लागि विद्यार्थी आउने गरेको पाइन्छ । होमस्टेमा बास बस्नेहरु पुनः दोहोरयाएर समेत आउने गरेका छन् । सिजन नभएको वेलामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरु होमस्टेमा भरीभराउ देखिन्छन् । होमस्टेको प्रचार प्रसार सँगै नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरण गर्न होमस्टे सफल भएको छ ।
Leave a Reply