
रोहीत वस्नेत
पोखरा १ माघः मुद्रण उधोग संघ कास्कीको अध्यक्षमा पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् । संघको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन २०७४ले पदमलाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्य सहितको जम्बोटोली गठन गरेको छ समितिको वरिष्ठ उपाध्यक्षमा गिर बहादुर (किरण) श्रेष्ठ,द्धितिय उपाध्यक्षमा चिन्तामणी वास्तोला, तृतिय उपाध्यक्षमा सुवास सिग्देल, महासचिव जिवन गोर्खाली, सचिव निरञ्जल बजिमय, कोषाध्यक्ष बसन्त बास्तोला तथा सदस्यहरु दिनेशचन्द्र बास्तोला, विष्णु बहादुर अधिकारी, राम प्रसाद भूर्तेल, प्रकाश पौडेल र पदम श्रेष्ठ रहेका छन् ।
कार्यक्रम माछापुञ्छेको काखमा अवस्थित पोखरा लेखनाथ २० काउरे पुरनचौरको (होमस्टे) होमटेक नेपाल प्रा.लि.मा सम्पन्न भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कास्की श्रेत्र नं. ३ ख प्रदेश न ४ का सभासद राजीव पहारीले मुद्रण व्यावसाय अत्यान्तै सम्बेदनशिल क्षेत्र भएको केही (त्रुटी) जस्तै (घर) लेख्दा (मर) भए जस्तै भएमा क देखि ज्ञ सम्म सवै विग्रिने यस्ता कुराहरुमा दक्ष जनशत्तिको निकै आवश्यक भएकाले धेरै गाह्रो पेशाका रुपमा चिनीएको र मुद्रण व्यावसायीका हरेक समस्यामा आफु सहयोग गर्न तयार रहेको बताए । प्रमुख अतिथि समेत रहेका पहारीले नयाँ हुन लागेका कार्यसमितिका पदाधिकारीहरुलाई वधाइ दिदै पोखराका सरकारी कार्यालय लगायत विभिन्न संघ सस्थाका प्रिटिङ्ग कार्यहरु पोखरामै सुविधा सम्पन्न मेसीन भएकाले उक्त कार्य पोखरामै गर्नु पर्ने भनाइ राख्दै उक्त समस्याहरमा म जता जुन सुकै ठाउँमा पनि समस्या सुल्झ्याउन तयार छु मेरो मुद्रण संघलाइ पूर्णरुपमा साथ छ भन्ने बिश्वास दिलाए ।
कार्यक्रमको अवसरमा पहिलो प्रेस भित्राउने संस्थापक कृष्णजी शर्मा तिवारी चित्राङ्गत सिग्देल, तिर्थलाल श्रेष्ठ, बसन्त बजमियालाई सम्मान गरीएको थियो । सम्मान मा कृष्णजी शर्मा तिवारीले मुद्रण पेशालाई सरकारले पनि वास्ता नगरेको यी पेशाका व्याक्तिहरु निकै मारमा परेको र लगानी स्वरुप प्रतिफल निकै कम रहेको गुनासो पोख्दै सभासद राजीव पहारीको वुवाको समेत विवाह गराएको मिठो कुरा गरी रमाइलो समेत गरेका थिए ।
मुद्रण संघका अध्यक्ष महेन्द्र बजिमीयाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै मुद्रण संघ सभासदको सहोगको पूर्ण आशा गर्दै बाटो कुर्ने बताए भने गिर बहादुर श्रेष्ठ (किरण) ले कार्यक्रम संचालन गरेका थिए ।
Leave a Reply