
रोहीत वस्नेत
१७ पुष रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा पाँचदिने सडक महोत्सव अनौपचारिक रुपमा सम्पन्न भएको रेवान पोखराले जनाएको छ ।
सदा झै यो वर्ष पनि सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका साथ संञ्चालन गरेको सडक महोत्सव सफल भएको दावी गर्दै महोत्सव सफल पार्न हामीलाई चारैतिरबाट पूर्णरुपमा सहयोग मिलेको र महोत्सव अवधिभरी केही अप्रिय घटना नभएकोमा हामी अत्यान्तै खुसी छौं सम्पूर्ण पर्यटक, पोख्रेलीबासी, सुरक्षाकर्मी संचारकर्मी सवैलाइ धन्यावद दिन्छु संयोजक तथा रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्ले सबैलाई धन्यवाद ज्ञापन गरे ।
यता पोखरा आएका दर्शकहरु अन्तिम दिन पनि विभिन्न मनोरञ्जनका साथ ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीमा झुमेका थिए । आज देवी घर्ती, खुमन अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
Leave a Reply