रोहीत वस्नेत ः पोखरा २०७४ पौष ०५,
महिला पर्यटन मञ्च द्धारा अर्को संस्था खोलीएकोमा असन्तुष्ट ब्यक्त भएको छ ।
महिला पर्यटन मञ्चकी अध्यक्ष जमुना पराजुलीको प्रेस विज्ञप्ती अनुसार पर्यटन व्यवसायी महिलाहरुको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमसंगै सामाजीक क्षेत्रमा समेत क्रियाशिल बन्दै अगाडी बढिरहेको छ महिलाको व्यवसायीक क्षमताको थप विकाश गर्ने कार्यहरु संचालन भईरहेका छन् ।
यसरी साझा उद्देश्यका साथ अगाडी बढिरहेको सन्दर्भमा संस्थाका सल्लाहकार साथै कार्य समितिका केही साथीहरुबाटनै अर्को समानान्तर संस्थाको रुपमा पर्यटन व्यवसायी महिलाको संस्था खोलिनु लोकतान्त्रीक प्रणालीमा जायज भए पनि महिला बिचको एकिकृत शक्ति माथी भने ठुलो प्रहार गरेको उहाँले बताउनु भयो ।
संस्थाको गरिमामय सल्लाहकारमा आसिन व्यक्तिबाटै कुनै जानकारी नदिई समान उद्देश्यको उस्तै संस्था खोलिनुलाई हामीले गम्भीर रुपमा लिएका छौ । यसले व्यक्तिगत रुपमा कोही कसैलाई लाभान्वित तुल्याए पनि दिर्घकालिन रुपमा व्यवसायीक महिलाको सशक्तिकरणका लागि अवश्य बाधा पु¥याउछ उहाँले थप्नु भयो ।
साथै महिला पर्यटन व्यवसायी मञ्च नितान्त पर्यटन व्यवसायी महिलाको साझा संस्था हो । यसमा कुनै पनि राजनैतिक विचारक प्रधानता रहने छैन । यो विशुद्घ पर्यटन व्यवसायी महिलाको व्यवसायीक संस्था भएकोले महिला पर्यटन व्यवसायी मञ्च मा गोलबद्घ भएर अगाडी बढ्नु हुन सम्पुर्ण पर्यटन व्यवसायी महिला मित्रहरुलाई हार्दिक आवहान गर्दछु उहाँले भन्नुभयो ।
प्रेस विज्ञप्ती
Leave a Reply