
पोखरा ३० कार्तिक २०७४ । पर्यटन यातायात समिति कास्कीले १७ औं वार्षिकोत्सवको अवसरमा विहिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पहिलो रक्तदाता समितिका दितिय उपाध्यक्ष बाबुराम पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए
पर्यटन यातायत समितिले पोखराको लेकसाईडमा रहेको होटल रुद्राक्षमा रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराका साथ वृहत रक्तदान कार्यक्रम सम्पन्न गर्दै आयोजना गरेको उक्त कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।
समितिका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुरेश दहालले र कार्यक्रम संचालन महासचिव नवराज अधिकारीले गरेका थिए ।
Leave a Reply