काठमाण्डौबाट पोखरा घुम्न भनि आएका एक व्यक्तिको बेहोसीका कारण मृत्यु भएको छ ।
काभ्रे स्थायी घर भई काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने २३ बर्षिय सागर लामाको आइतबार बिहान बेहोसीका कारण मृत्यु भएको प्रहरीले जनाएको हो ।
पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड स्थित प्यालेस भ्यु होटलमा बेलुका खाना खाएर सुतेका लामा बिहान अबेर सम्म नउठेपछि उपचारको लागी फेवासिटि अस्पतालमा लगिएको बताइएको छ । लामालाई चेकजाँच गर्ने क्रममा विहान ८ : २५ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले उल्लेख गरेको छ ।
लामा ८ जना साथिहरुसंग यहि शुक्रबार काठमाण्डौबाट पोखरा घुम्न भनि आएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले बताए।
Leave a Reply