
पोखरा, १२ कार्तिक । अन्तर्राष्ट्रिय रुपमा परिचित समग्र सराङ्कोटको वृहत्तर विकासका लागि गठित सराङ्कोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको १३ औं वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनले प्रेम बहादुर जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा उमानाथ चपाई, उपाध्यक्षमा मिन बहादुर थापा, महासचिवमा शम्शेर बहादुर थापा, सचिवमा डिल बहादुर जि.सी., कोषाध्यक्षमा शिव प्रसाद तिमिल्सिना र सदस्यहरमा छविलाल तिमिल्सिना, कृष्ण थापा, दिपेन्द्र थापा, विकास थापा मगर, गंगा तिमिल्सिना, कमला पोख्रेल, शिव कोइराला, दुर्गादत्त तिमिल्सिना, सुष्मा परियार रहेका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ का अध्यक्ष रण बहादुर थापा, अधिवक्ता कृष्ण प्रसाद तिमिल्सिना र पुष्कल थापा रहेको निर्वाचन समितिले सो समितिको निर्विरोध चयन गरेको हो । सराङ्कोटलाई सुर्योदय अवलोकन, प्याराग्लाइडिङ, दृश्यावलोकन र भुमेश्वर माइ मन्दिरका प्रख्यात रहदै आएता पनि २०६१ मा स्थापित समिति मार्फत सराङ्कोटको समग्र विकाससँगै वृहत शिव मन्दिर सहित धार्मिक पर्यटकीय गुरुयोजना अन्तरगत २ करोडभन्दा बढी लगानी गरी मुख्य शिव मन्दिर र ३ ढलान सम्पन्न भएको र बाँकी कार्य गर्नुपर्ने रहेको अध्यक्ष प्रेम बहादुर जिसीले बताए ।
सराङ्कोटमा हाल अन्तर्राष्ट्रिय स्तरका पाँचतारे होटलहरु, केवलकार, बन्जीजम्प, सहिद पार्क लगायत भइरहँदा सबैलाई समेटी अधुरा कार्ययोजना पूरा गर्न सके पोखरा लेखनाथ महानगरपालिकाको मुख्य आकर्षक केन्द्र बन्न सक्ने संस्थापक अध्यक्ष लोक बहादुर थापाले बताए ।
सोही भेलाले महायज्ञ मार्फत आर्थिक संकलन गर्ने नवनिर्वाचित संचालक समितिलाई जिम्मेवारी दिएको छ । समितिका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रण बहादुर थापा, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष बेदनिधी शर्मा, पोखरा चिसाखोला आश्रमका संस्थापक मोक्षनाथ तिमिल्सिना, सराङ्कोट गा.वि.सक.ा पूर्व अध्यक्ष झपट बहादुर थापा, नेपाली काँग्रेस वडा अध्इक्ष शिव प्रसाद तिमिल्सिना, नेकपा एमाले वडा अध्यक्ष पुष्कल थापा, माओवादी केन्द्रका उपाध्यक्ष दुर्गादत्त तिमिल्सिना, वडा सचिव डिल्लीराम बराल, पूर्व सचिव रुद्र प्रसाद बस्ताकोटी, भावना सहकारीका अध्यक्ष शिव प्रसाद कोइराला, सिमताल टोल संस्थाका अध्यक्ष शमशेर बहादुर थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा पण्डित घनश्याम पहारीले समिति मार्फत हुने महायज्ञका लागि ५० लाख बराबरको एक रोपनी जग्गा दान गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर जिसी, महासचिव शमशेर बहादुर थापा उपाध्यक्ष उमानाथ चपाई, सचिव डिल बहादुर के.सी.ले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a Reply