May 24, 2022

राष्ट्रिय हिरो बन्न नसकेको “राष्ट्रपति जिलेन्स्की”

बैशाख १२ रुस :

सन् 2013 – 2014 को क्रान्ति, जुन अमेरिका र पश्चिमी देश हरुको प्रत्यक्ष हस्तक्षेप बाट भएको  थियो, सत्ता परिवर्तन पश्चात, क्रान्तिको दौराणमा  दिइएको वाचाहरु ठिक उल्टो परिणाम पाएपछि जनता राष्ट्रपति पराशेन्को संग धेरै नै चिढीएका थिए। सर्ब साधारणको आर्थिक अबस्था दयनिय बन्दै जानु, उच्च तहका पदाधिकारीहरू भ्रष्टाचार मा लिप्त हुनु,  गृहयुद्धको समाधान नहुनु, देश भित्र आपसी समझदारी खस्किदै जानु,  सत्ता पक्ष भन्दा फरक धारणा राख्ने प्रति असहिष्णुता प्रर्दशन गर्नु, रसियन भाषा बोल्न हतोत्साहित गर्नु र  गर्ने हेतुले  विभिन्न कृयाकलाप गर्ने गराउने सरकारी कृयाकलाप प्रति जनता ज्यादै नै असन्तुष्टि थिए।

बास्तविकतामा प्रत्यक्ष रुपमा युक्रेन, सन् 2014 देखि भूराजनीतिक कृया स्थलको रुपमा विकास भैरहेको थियो। यो वास्तविकता या त युक्रेनी राजनीतिक ब्यक्तिहरुले बुझ्न सकेनन् या त यसको अंगको रुपमा कृयाकलाप गर्दै आयो। सन् 2014 मा पराशेन्को राष्ट्रपतिमा चुनिए पछि मन्त्रालयमा थुप्रै बिदेशीहरुलाई नियुक्ति गरिएको थियो, बिडम्बना युक्रेनको जनता साथै पार्टीहरूले यस्को बिरोध सम्म गरेनन्। यस्तै गरि देशका सम्बेदनशील संस्थाहरुमा पनि बिदेशीहरु लाई नियुक्ति गरियो तर कसैले पनि आशालाग्दो परिणाम दिन सकेन।

दनेच्क र लुगान्स्क संग शान्ति पूर्ण तरिकाले समस्या समाधान गर्न कुनै प्रयासहरु भएनन् र सैनिक कारबाही सिथिलिकरण तिर गैरहेको थिएन भने अर्कोतिर रसियासंग को सम्बन्ध फराकिलो पार्दै लगिरहेको थियो। यि आदि कारणहरूले गर्दा जनता आजित भएका थिए।  राष्ट्रपति चुनाव को समयमा जनता नयाँ अनुहारको पर्खाइ मा थियो। जिलेन्स्की एक सफल कलाकारको साथसाथै एक अनुभवी र सफल ब्यबस्थापक पनि हो भन्ने तथ्य, उसको हास्य कलाकार टोलीको समुहलाई सफल नेत्रित्व दिएबापत, प्रस्तिन्छ। चुनाव हुनु पूर्व उहाँले एउटा टिभी श्रृंखला “Слуга народа =  Servant of the people  = जनताको दास” मा राष्ट्रपतिको भूमिका निर्वाह गर्नु भएको थियो, जुन धेरैले मन पराएका थिए। यो टिभी श्रृंखलाले पनि उहाँको जन विश्वास र लोकप्रियता निकै बढेको थियो। जब उहाँले आफ्नो उम्मेदवारी राष्ट्रपति पदमा दाबि गर्नुभयो, धेरै ले मिश्रित प्रतिक्रिया ब्यक्त गरेका थिए, कारण अनुभब र  सक्षम सहभागी समुहको अभावको कारण। सन् 2019, मार्च 31 मा भएको प्रथम चरणको चुनावमा जिलेन्स्कीको पक्षमा 30.24% मत खस्यो भने अन्य बिपक्षी दलहरुको आपसी समझदारी र तालमेलको अभावले गर्दा राष्ट्रपति पराशेन्कोले 15.95% भोट ल्याएर दोश्रो चरणको राष्ट्रपति निर्वाचनको दाबेदार बने। सबै  बिपक्षी, तटस्थ पूरै युक्रेनी जनता पराशेन्को लाई हराउन आआफ्नो ठाउँबाट प्रयास गरे। अबस्था यस्तो बनेको थियो, कुनै समयमा गणेशमान सिंहले, “लट्ठी उठाए पनि जित्छ”, भनेको तर्क साबित हुने तर्फ अघी बढीरहेको थियो। दोश्रो चरणको राष्ट्रपति निर्वाचनमा जिलेन्स्कीले केही खास मुद्दा उठाउनु भयको थियो।

1) गृहयुध्दको (पृथकतावादी संग वार्ता गरी) अन्त्य  गरी शान्ति चयन गर्ने;

2) रसियन भाषा माथि प्रतिबन्ध नलगाउने;

3) घुसखोरीलाई न्याइक दायरामा ल्याई कारबाही गर्ने। आदि आदि।

अन्ततः सन् 2019 अप्रिल 21 मा भयको दोश्रो चरणको मतदानमा 73,22% मत पाएर बिजयी हनुभयो। उहाँको यस विजयलाई बहुसंख्यक युक्रेनीहरू ले पृथकतावादी क्षेत्र ले पनि शान्तीको  आशा गरेका थिए र साथै The Normandy Fourth (फ्रान्स, रसिया, युक्रेनका राष्ट्रपतिहरू र जर्मनी चान्सलर को सामूहिक सहमतिमा मिन्स्कसम्झैता कार्यान्वयनमा गराउन गठित संगठन) ले पनि धेरै आशा गरेका थिए।  बिजय पश्चात केही समय सम्म  शान्ति स्थापना र चुनावमा दिइएका अन्य वाचाहरु कार्यान्वयनको  प्रतिक्षामा युक्रेनी जनता पर्खेर बसे। समय बित्दै गयो र उहाँको भनाई र गराई मा भिन्नता देखा पर्न थाल्यो। सन् 10 डिसेम्बर 2019 मा पेरिसमा The Normandy Fourth  को बैठक (फ्रान्स, जर्मन,  युक्रेन र रसिया का राष्ट्रप्रमुख हरु) बस्यो र मिन्स्क सम्झैता कार्यान्वयनमा ल्याउना राष्ट्रपति जिलेन्स्किले अफ्नो प्रतिवध्दता जनाउनु भयो। तर आफ्नो देशमा फर्केर आएदेखि आन्तरिक दवावको कारणके साथै, युक्रेनका The neo nazi’s, “आजोव” जसलाई अमेरिकन सिनेतले 2018 मा “The neo nazi’s” भनि  declare गरेको थियो, र समुहहरुले ले राष्ट्रपति जिलेन्स्की लाई मिन्स्कको सम्झैता कार्यान्वयनमा गरेको खण्डमा, भौतिक कारबाही गर्ने धम्की दिएका थिए यस्तै अन्य कारणहरूले गर्दा शान्तीप्रकृयालाइ कार्यान्वयनमा ल्याउन सक्नु भएन। युक्रेनको राडा मा (सांसद) राष्ट्रपतिको बहुमत हुँदा हुंदै बिभिन्न समुहगत स्वार्थ बोकेका बहुमत प्राप्त राष्ट्रपतिका दलले पनि बिभिन्न कारणबस मिन्स्क सम्झैता कार्यान्वयनमा ल्याउन सकेनन्।

अन्तोत्वगोत्वा राष्ट्रपति जिलेन्स्कि पूर्ण रुपले “आजोव” र उग्र राष्ट्रवादी धार को  प्रभाव मा पर्नुभयो र फलस्वरूप माथि उल्लेखसित 3 मुख्य बुँदाहरु कुनै पनि कार्यान्वयनमा ल्याउन सक्नुभएन। कार्यान्वयनमा ल्याइएका केही काम पनि राजनीतिक प्रतिशोध साँध्न उपयोग गरिएको प्रष्टियो। रसियन भाषा सम्बन्धी, “जो आफूलाई रसियन सम्झन्छन्, उनीहरू पोकोपुन्तरो बोकेर रसिया गए हुन्छ”, भन्ने अभिव्यक्ति व्यक्त गर्न थाल्नु भयो, जुन राष्ट्रपतिले बोल्नु उचित थिएन। छोटो समयमा नै उहाँले जनविश्वास गुमाउंदै जानुभयो।

अन्तमा उहाँ पनि रसिया बिरोधी खेमामा सशक्त रुपमा प्रस्तुत हुनु भये र रसिया माथि कडा आर्थिक नाकाबन्दी लगाउन जबरजस्त आव्हान गर्नुको साथै NATO मा प्रवेशको लागि जेडदार माग अघिसार्न सुरु गर्न थाल्नु भये। सञ्चार माध्यम मार्फत समय समयमा राष्ट्रपति जिलेन्स्किले मेडिया मार्फत राष्ट्रपति पुतिनसंग एक्लाएक्लै वार्ताके लागि आव्हान पनि गर्नु भये। जव प्रशासनिक ढंगबाट वार्ताको लागि पत्राचार गरियो तेस पत्रके जवाफमा वार्ताको लागि विषय वस्तु तयार गर्न गरिएके आग्रह प्रति युक्रेनले प्रतिकृया दिएन तर समय समयमा राष्ट्रपति जिलेन्स्किले मेडिया मार्फत राष्ट्रपति पुतिनसंग एक्लाएक्लै वार्ताके लागि आह्वान गर्नु छोड्नु भयन।

यता पछिल्ला, 8 बर्ष देखि अमेरिका र NATO का सदस्य देशहरुले युक्रेनी सेनालाई ब्यापक सैनिक तालिम दिने कार्यलाई व्यापकता दिदैं आयो, साथ साथै आधुनिक हतियारको आयातमा ब्यापकता ल्याउँने पनि काम भयो, साथै बिभिन्न सैन्य संरचनाहरुको निर्माणमा पनि तिब्रता ल्यायो। “अचाकोभा” समुन्द्रीतत, जुन कृमिया बाट खासै टाढा छैन, मा बेलायतले समुन्द्री सामरिक बन्दरगाह निर्माण गर्न थाल्यो। साथ साथै राष्ट्रपति जिलेन्स्कीले प्रतेक दिन जस्तो सबै NATO देशका राष्ट्रप्रमुख हरुसंग र अमेरिका संग यथासिघ्र NATO को सदस्यता दिलाउन र रसिया माथि ससक्त आर्थिक  नाकाबन्दी लगाउन माग गर्दै आउनु भयो। सबै प्रकारका भेटघाटहरुमा यि दुइ माग मन्त्र सरह बोल्न थालियो। आफ्नो आन्तरिक समस्या खास गरी दनेच्क र लुगान्स्क को समस्या प्रति कुनै पनि कोशिश गरेनन् तर NATO सदस्यताको लागि मुख्य प्रथमिकता दिन थाल्यो।  रसियाले, NATO आफ्नो देशको नजिक आएकोमा बिरोध जनाउँदै आएको थियो र छ।  सन् 2008 मा फ्रान्स र जर्मनीको असहमतिले गर्दा युक्रेन र जर्जिया लाई NATO सदस्यता स्थगन गरिएको थियो। तर पछिल्ला 8 बर्ष देखि युक्रेनले लगातार नाटोको सदस्यता दिलाउन ससक्त रुपमा प्रयास जारी गर्यो। रसियाले बढ्दो अमेरिका र NATO संगठनले आफ्नो गतिविधीलाइ संमयतता अपनाउनु सत्ता आफ्ना अभिब्यक्तीहरु उग्रता फैलाउन तिर लाग्यो। युक्रेनका गल्तिहरु प्रती NATO सदस्य देशहरुले खासै बिरोध गरेनन्, र भन्ने गरियो कि नाटोको सदस्यता लिने जुनसुकै स्वतन्त्र देशहरुको अधिकार को कुरा हो।  यसै समयमा नाटोका अध्यक्षले अतिरञ्जित अभिव्यक्ति दिई युक्रेनलाई झुठो आशा दिँदै आयो। नाटोका निर्णायक देश संयुक्त राज्य अमेरिका मौन बसेको अभिनय गर्दै आयो। यि सबै ज्यदतीहरुलाइ मध्यनजर गरी राष्ट्रपती पुतिनल आफ्नो देशको  सुरक्षाको चासे ब्यक्त गर्दै भन्नु भये “रसियाले आफ्नो सुरक्षाको ध्यानमा राखी हामिले “लक्क्षमण रेखा” कोरेका छौं र त्यो रेखा कहाँबाट कहाँ पुग्छ भन्ने कुरा रसिया आफैले निर्धारण गर्छ”। यो वाक्यले, अमेरिका र NATO देशहरुको कृयाकलाप असह्य भएको तथ्य सार्वजनिक गर्दा पनि अमेरिकाले  यस भनाइ प्रति कुनै चासो नदेखाउनु र युक्रेनलाइ उक्साइ रहने कृयाकलापले रसियालाई चुनौती दिइरहेको आभाष हुन्थ्यो। यता युक्रेनमा नव फासिस्ट र उग्र राष्ट्रवादीहरु “dirty itom bomb»  (फोहर (कच्चा) अनु बम) बनाउने आफ्ना चाहना ब्यक्त गर्दै आयो, तर अमेरिका लगायत पश्चिमा देशहरुले यसबारे मौनता धारण गरेर बस्यो। पछिल्ला महिना हरुमा अमेरिका र ब्रिटिस सरकारले खुल्ला रुपमा आधुनिक हातहतियार युक्रेनलाई दिन सुरु गर्यो, भने पछि गएर अन्य नाटो सदस्य देशहरुले पनि हातहतियार आपूर्तिमा हात अघि बढाए। फरबरीको सुरु देखि रसियामा बिदेशी कुटनीतिकज्ञहरुको बाक्लो भ्रमण भयो, फ्रान्स र जर्मन ले युक्रेनको आन्तरिक समस्या लाई समाधानको प्रयासहरु गर्दै रसिया र युक्रेनको विच मध्यस्थताको कोशिश गर्नु भयो। दुवै राष्ट्रप्रमुख हरुले राष्ट्रपति पुतिनसंग 5 – 6 घण्टा वार्ता गरी केही खास सहमतिका बिन्दुमा कार्यान्वयन गराउन प्रयास गरेको पाइन्छ तर युक्रेनको कुनै पनि सहभागीता देखिएन। तेस्तै गरि जर्मनी र ब्रिटिस परराष्ट्रमन्त्री हरुको भ्रमण पनि रोचक र पठन् योग्य छ। दुवै महिला विदेशमन्त्री रसिया बिरोधि खेमाका बुझिन्छ, तर जर्मनी विदेशमन्त्री संग बार्ता हुँदा राजनीतिक अबस्थाको बारेमा छलफल भएको जानकारी  Press conference मा ब्यक्त गरियो भने ब्रिटिस परराष्ट्रमन्त्रीसँगको Press conference मा रसियन विदेशमन्त्री S. Lavrov ले हाम्रो बार्ता “लाटो र बहिरा” को जस्तो भयो, भन्ने अभिव्यक्ति ब्यक्त गर्नु भयो । आधिकारिक रुपमा सबैले (अमेरिकाले पनि) मिन्स्क सम्झैता कार्यान्वयन गर्नुको विकल्प छैन भन्दै आए भने हातहतियार आपूर्तिमा तिब्रता पनि ल्याउदै गर्यो।  तर सबैले एक साथ भन्न पनि थाल्यो कि, यदि रसियाले प्रत्यछ हस्तक्षेप गरेको समयमा हामी तिमीसंगै लड्न आउने छैनौँ। यता, राष्ट्रपति पुतिनले पृथकतावादी क्षेत्र संग बार्ता गरी समस्या समाधान गर्न सुझाव राख्दै आउनु भयो। उहांले भन्दै आउनु भयो कि यो युक्रेनको आन्तरिक समस्या हो र आपसी बार्ता गरी समस्या समाधान गर्न सुझाव राख्दै आउनु भयो। साथै भन्दै पनि आउनु भयो कि “सैनिक हस्तक्षेप गरेर समस्या समाधान गर्न खोजे, रसियलाई मान्य नहुने अभिव्यक्ति पनि ब्यक्त गर्दै आउनु भयो। उहाँको अभिव्यक्ति माथि युक्रेनले र अमेरिका लगायत नाटोले बेवास्ता गरेको अनुभूति हुन थाले पछि “यदि मिन्स्क सम्झैता कार्यान्वयन नगरी शक्ति प्रयोग गरेको खण्डमा युक्रेनको सार्बभौमिकता माथि प्रश्न उठ्न सक्छ”। साथै राष्ट्रपति पुतिनले आफ्नो निर्णय गर्ने अबस्था बारे पनि भन्दै आएको थियो कि “यदि बार्ता बाट समस्या समाधान तिर नगइ  हातपाई हुने अवश्यंभावी को अवस्था सृजना भयो भने आफै ले पहिलो प्रहार गर्नु पर्दछ”। यि बिकसित अबस्था प्रति मध्यनजर गर्दै, पछिल्ला महिनाहरुमा अमेरिका र बेलायतले अत्याधुनिक हातहतियारहरुको आपूर्तिमा तिब्रता ल्यायो साथै यिनै  समयमा युक्रेन सरकारले 150000 को हाराहारीमा युक्रेनी सेनालाई आधुनिक हातहतियार  सहित पृथकतावादी क्षेत्रको वरिपरि तैनाथ गरियो। साथै युक्रेनले यि पृथकतावादी क्षेत्र लाई आफ्नो अधिनमा ल्याउन सैनिक कारबाहीमा तिब्रता ल्यायो। आफुलाई अत्याधुनिक हातहतियार साथ ठुलो सैनिक संख्याका साथ हस्तक्षेप गर्ने प्रबल सम्भावनालाई ध्यानमा राखी यि दुई पृथकतावादी क्षेत्रले आफुलाई स्वतन्त्र राज्यको मान्यता दिन रसिया संग अनुरोध गदैं आयो।  युक्रेनले, दक्ष र अमेरिकाबाट प्रशिक्षीत सैनिक ठुलो संख्या अत्याधुनिक हातहतियारहरुको साथ दुई पृथकतावादी क्षेत्र लाई घेरेको बास्तविकतालाई मध्यनजर गरेर सन् 15 February 2022 मा रसियन संसदले यि दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रपति पुतिनललाई  सिफारिश गर्यो। 19 February 2022 “अन्तरराष्ट्रिय म्यूनिख सुरक्षा सम्मेलनमा” भाग लिनुभयो जव कि अमेरिकाले भाग नलिन सुझाव दिएके थिये। सो सम्मेलनमा आफ्नो देशको बस्तुस्थिति बारे जानकारी दिनुभयो र  रसिया नै यस्को प्रमुख दोषी भएको तथ्य पुष्ट्याउन कोशिश गर्नु भयो र रसिया माथि  सशक्त अग्रिम आर्थिक  नाकाबन्दी लगाउन, आफ्नो देशलाई अबिलम्ब युरोपियन युनियनमा र NATO को सदस्यता अविलम्ब दिलाउन जोडदार माग गर्नु भयो। उहाँको भाषणको मुख्य सार थियो “युक्रेन A nuclear weapon free zone (NWFZ)  ( परमाणु हतियार मुक्त देशहरुको सस्था) बाट निस्कने र परमाणु बम बनाउने  संकेत औल्याउँनु भयो।  अमेरिकाले यस अभिव्यक्ति प्रति कुनै चासो नदेखाएको भान गर्नु भयो भने रसियाले यसलाई ठुलो महत्व दियो, किनभने यस्तो अति सम्बेदनशील विषय अमेरिकासंगको परामर्श बिना यो बाक्य राष्ट्रपति जिलेन्स्कीले बोलेको छैन भन्ने रसियाले ठहर गर्यो। संसदले स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रपति पुतिनलाई गरेको सिफारिसको महत्व बारे राष्ट्रपति  जिलेन्स्किले बुझ्न सकेनन् या त अमेरिका र  युरोपियन (NATO) देशहरुले  युक्रेनकलाई  बुझाउन सकेनन्  वा चाहेनन् र समय सापेक्ष सुझाव दिन सकेनन्। सन् 21 February 2022 राष्ट्रपति पुतिनले  रसियाको सुरक्षा परिषदको असाधारण खुला बैठक बोलाई दनेच्क र लुगान्स्क लाई स्वतन्त्र राज्यको मान्यता दिने  नदिने  बिषयमा सबैले  आफ्नो राय ब्यक्त गर्न अनुरोध गर्नु भयो। सबैको राय पछि सोही दिन दनेच्क र लुगान्स्क लाई स्वतन्त्र राज्यको मान्यता दियो र सोही दिन यि दुई देशसँग मित्रता र आपसी सहयोग र सम्झैताहरुमा हस्ताक्षर गरे। ठुलो बिडम्बना यि बिकसित अबस्था प्रति पनि कसैले महत्व दिएन।  पछिल्ला 8 बर्ष देखि दनेच्क र लुगान्स्क मा कुनै दिन थिएन कि युक्रेनले गोलावारी नगरेको र सर्ब साधारण जनताको हताहत नभएको दिन होला। पराशेन्को ले जस्तै जिलेन्स्की ले पनि यि दुई पृथकतावादी क्षेत्रलाई सैनिक कारबाही गरि पृथकतावादी प्रब्रितीलाई उन्मुलन  गर्ने योजना बनाएको पाईन्छ। आफ्नो समयमा भूपु राष्ट्रपति पराशेन्कोले भनेको थिए “… … … हाम्रा वच्चा वच्ची स्कूल जानेछ, उनीहरूका छिँडीमा सड्ने  छन्”। वास्तवमै, पछिल्ला 8 बर्ष देखि लगातार गोलावारीले गर्दा छिँडीमा लुक्ने क्रममा कतिपयले स्कुलको पढाई पुरा गरे भने, कति त छिँडीमा जन्मेर स्कुल जान थालीसकेका छन्। सन् 2014 – 2015 मा युक्रेन सरकारले  दनेच्कको  विद्रोह दबाउन गरेको सैनिक कारबाही मा परी थुप्रै बाल बालिकाहरुको हत्या भएको सम्झना Alleys of Angel’s  (स्वर्गका परीको बगैंचा)  सन्  5 may 2015 मा स्थापना गरिएको थियो, यसबारे बिश्व अनभिज्ञ छन् किन भने BBC, CNN र अन्य मेडियाले यस बारेमा भन्नु पर्ने आबस्यकता देख्दैनन्। युक्रेनले आधुनिक हातहतियार सहित आफ्नो बाक्लो उपस्थिति गदैं, सैनिक हस्तक्षेप लाई बढावा दिन थाल्यो। दुखको कुरा अनुभबको कमी वा बहकाउमा भड्केर बिश्वका राजनीतिज्ञ हरुको अभिव्यक्तिको मुल्यांकन गर्न नसक्नु सायद, आधुनिक हातहतियारको सहयोग नै अप्रत्यक्ष नाटो सैनिक सहयोगको सहभागिताको संकेतको रुपमा बुझ्नुभयो।

अन्तमा, यो सैनिक हस्तक्षेप टार्न सकिन्थ्यो, यदि युक्रेनले आफ्ना सैनिक (150000 हाराहारीमा) र अत्याधुनिक हातहतियार दनेच्क र लुगान्स्कको  सिमावर्ती क्षेत्रबाट फिर्ता लगेर बार्ता गरेको भए। आफ्नो शक्तिको मुल्यांकन गर्न नसक्नु, छिमेकी राष्ट्रको सुरक्षा नीति लाई मध्यनजर गर्नु, छिमेकी राष्ट्र बिरोधमा आफ्नो अहोरात्र लाग्नु, Nazi बादलाई प्रोत्शाहन गर्नु, आन्तरिक समस्या लाई बार्ता द्वरा समाधानको उपाय नखोज्नु,  तेश्रा देशहरुको बहकाउमा भड्किनु आदि ले गर्दा फरवरी 24 को युक्रेनी र रसियन सरकार र जनताको लागि लागि दुःखको दिन आयो। सोभियत संघमा शिक्षा हासिल गरेका अधिकांस विशेषज्ञहरुले (Советскх выпускников = Soviet’s products) यो घटना लाई आफूमाथि आईपरेको ठूलो बज्रपातको रुपमा लिएका छन्   रसियाको यो सैनिक हस्तक्षेपको प्रत्यक्ष दोषी अमेरिका, ब्रिटिश र NATO  हुन् भन्ने मेरो ठम्याइ छ । किनभने अमेरिकाले युक्रेनलाई पूर्णरुपले आफ्नो अधिनमा लिएर, आफ्नो नीति अबलम्बन गर्दै आएको थियो तर युक्रेनलाई युद्ध हुनबाट बचाउन अमेरिकाले मात्र सक्दथ्यो तर युद्धमा धकेलेर रसियालाई दण्ड दिन योजना गुथिरह्यो। अहिले रसियाले पनि “छोरी कुटेर बुहारी तह लगाउने (तर्साउने)” काम गरीरहेको छ। यो बास्तविकता हाम्रो लागि ठुलो पाठको रुपमा मनन् गर्नुपर्दछ। छिमेकी देशहरुको राष्ट्रिय सुरक्षा चासोलाई सकारात्मक सोचका साथ मुल्यांकन गर्नु पर्दछ।

जहाँसम्म राष्ट्रपति जिलेन्स्की बारेमा हो, यदि उहाँले दुई पृथकतावादी क्षेत्र लाई शान्ति पूर्ण ढंगबाट समस्याको समाधान गर्नु भयको भए, आजको दिन आउने नै थिएन र उहाँ राष्ट्र एकिकरण कर्ताको रुपमा उदय हुने अबसर थियो, जुन आफ्नो राजनीतिक अपरिपक्वता र बहकाउमा लागेर,  गुमाउनु भयो।

ध्रुब दास उलक

मस्को

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*