May 24, 2022

पोखरा २४ कास्कीकोटमा नेकपा (एमाले) बाट रामचन्द्र थापाको अध्यक्षमा उम्मेदवारी

बैशाख १२ पोखरा: साविक कास्कीकोट -७ मा जन्म भएका रामचन्द्र थापा । बाणिज्य शास्त्रमा स्नातक हासिल गरेका छन् । भारतको कलकत्ताबाट मार्केटिङ्ग एम वी ए गरेका बैकिङ्ग क्षेत्रका विज्ञ, एवं कुशल व्यवस्थापक थापा सामाजिक क्षेत्रमा २०औं बर्ष कृयाशिल रहेका छन् । लायन्स कल्ब अफ पोखरा फिस्टेल सिटीका पूर्व अध्यक्ष थापा लायन्स कल्ब मार्फत ४७ जिल्लामा सामाजिक सेवा पुर्याएका पहिलो पटक मस्ताङ्गको विद्यालय शिक्षा क्षेत्रमा लायन्स कल्व मार्फत सहयोग गर्ने पहिलो व्यक्तित्व कास्कीकोटको लागी पनि लायन्स कल्व मार्फत खानेपानी, शिक्षा, स्वास्थ्यमा सहयोग गरे । धार्मिक क्षेत्रमा अतुलनिय योगदान । कास्कीकोटको भुगोलको वारेमा विज्ञ छन् । उनी कास्कीकोट पोखरा सम्पर्क समितिको अध्यक्ष हुन । अध्यक्ष रहँदा उनले कास्कीकोटको बारेमा इतिहास समेट्न दर्पण प्रकाशन गर्न सफल भए कास्कीकोट पोखरा सम्पर्क समितिको कमिटि व्यवस्थापन गर्न सफल भए । नेकपा एमालेका सक्रिय कार्यक्रर्ता थापा २०४० साल देखि नै विधार्थी नेताको रुपमा परिचित कास्की निर्वाचल क्षेत्र-४ को सदस्य सचिव, पाटी स्कुल विभाग, आर्थिक विभागका हुन् । हाल पोखरा महानगर कमिटिका उप-सचिव हुन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*