
माघ १३ पोखरा :
फेवातालको मापदण्डको विषयमा सर्वोच्च अदालतको आदेश अनुसार अहिले सम्म गठन भएका मापदण्ड निर्धारण समितिको प्रतिवेदन अध्यायन गर्न पोखरा महानगरपालिकाको ५३औं कार्यपालिकाले वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलका सदस्य वडा नं. ६ का अध्यक्ष जगत वहादुर पहारी, वडा नं. १८ का अध्यक्ष रण वहादुर थापा, वडा नं. २२ का अध्यक्ष मित्रलाल वराल, वडा नं. २४का अध्यक्ष ओमप्रसाद सुबेदी र कार्यपालिका सदस्य बुधराज भुजेल (भिमसेन) रहेका छन् ।
सर्वोच्च अदालतले मापदण्ड कायम गर्न आदेश दिएको साढे ३ वर्षपछि बल्ल पोखरा महानगरले कार्यदल बनाएको छ ।
Leave a Reply