May 24, 2022

पोखरामा अर्घाखाँची बासीको रमाईलो वनभोज

पौष २४ पोखरा : हाम्रो जन्मभूमि, हाम्रो प्यारो अर्घाखाँची भन्ने मूलनारा वनाई विगत २ दशक देखि अर्घाखाँची वासीका पिर मर्का लाई सधै सहजरुपमा साटासाट गर्दै पोखराका गल्ली,गल्ली चोक,चोक छिचोल्दै अगाडी बढीरहेको एक स्वार्थ रहित संस्था अर्घाखाँची पोखरा सम्पर्क समाजको बनभोज कार्यक्रम पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. डुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सम्पर्क समाजले हरेक वर्ष गर्दै आएको बनभोज कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको छ । जन्मघर अर्घाखाँची छोडी कर्मथलो पोखरा बनाइ बसेका सम्पूर्णलाई एकजुट बनाउन समाजले सहयोग गरेको “मर्दा र पर्दा भनेजस्तै जब समस्या पर्छ अनि आफ्न्त इष्टमित्र, छरछिमेकको आवश्यक पर्छ, तिनै समस्यासँग जुध्नको लागि समाज चाहिन्छ। अप्ठेरो समयमा एकजुट भई एकको बोझलाई सबैले हातेमालो गर्दै अगाडि बढ्न समाजले प्रेरणा दिएको छ।” समाजका अध्यक्ष चेतनारायण पाण्डेले बताउनु भयो ।

पोखरा महानगरपालिका वडा नं १८ को राष्ट्रिय बिभुती पार्क नजिकै जामुनवोटमा गरिएको बनभोज कार्यक्रममा अर्घाखाँची वासीहरुको बिशेष उपस्थित रहेको कार्यक्रम संयोजक नमराज पाण्डेले बताउनु भयो।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल औषधि व्व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, विशिष्ठ अतिथि ला. ग्राण्डी कलेजका प्रोसेसर डा.डेभिड बस्याल, नि.बर्तामान अध्यक्ष लिल वहादुर जि.सी.पुर्व अध्यक्ष तथा सल्लाहकार ज्ञानहरि आचार्य, पुर्व अध्यक्ष गुणानिधि पाण्डे, विश्व हिन्दुमहासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल लगायत बोल्नु भएको थियो भने महासचिव बाबुलाल पाण्डेले कार्यक्रम संचालन गर्नु भएको थियो ।

पोखरामा रहेका सम्पुर्ण अर्घाखाँची वासीहरुको बिशेष उपस्थित रहेको बनभोज कार्यक्रममा नृत्य, म्युजिकल चेयर जस्ता मनोरञ्जनपुर्ण कार्यक्रम सहित सम्पन्न भएको छ।

वनमा खाइने भोजलाई वनभोज भनिन्छ, तर अहिले वन लोप हुँदै गएको छ । वन असुरक्षित अनि सुविधाजनक समेत नभएकाले मानिसहरू सुविधा सम्पन्न रमणीय स्थानमा रमाइलो गर्न चाहन्छन् । त्यसैले वनभोज वनमा खाइने भोज नभएर आधुनिक भोज पिकनिक भन्न थालिएको छ । गाउँघरमा चलनचल्तीमा रहेको वनभोजको प्रचलनले अहिले सहरमा आधुनिक पिकनिक ले मान्यता पाएको छ ।

आफ्नो पुख्र्यौली भूमिको विकासका लागि जुन ठाउँमा जुन पेशा, व्यवसायमा भएपनि आफ्नो ठाउँबाट जुट्नुपर्ने भन्दै सामाजिक भावनाका साथ एक आपसमा सुख, दुःख साटासाट गर्न आपसी सम्वन्ध आत्मीयता कायम गर्ने उद्धेश्यले आयोजना गरिन्छ ।

पुसको कठ्याङ्ग्रिँदो जाडोमा घाम ताप्ने, परिवार तथा साथीभाइसँग रमाइलो समय बिताउने र घरबाहिरै खानपिन गर्ने उद्देश्यले पिकनिक जाने चलन छ । सहरमा व्यस्त दैनिकी जिवनबाट थकान महसुस भएको बेला यस्ता बनभोज तथा रमाईलो कार्यक्रमले शरीरमा उर्जा थप्ने मानीन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*