May 24, 2022

आजबाट सडक महोत्सव, पोखरा २४ घण्टा खुला : गृहमन्त्री खाँण

पौष १५ पोखरा : अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लोकसाइडमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव आजबाट शुरु भएको छ । रेबान पोखराको आयोजनामा हुने महोत्सवको पहिलो दिन लेकसाइडको खहरेचोकबाट थरी थरीका सांस्कृतिक झाँकीको ¥यालीसहित कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुआत गरीएको थियो ।

सडक महोत्सवको प्रमुख अतिथि गृहमन्त्री बाल कृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुल्ला गर्न सरकार तयार रहेको बताएका छन् । पोखराको लेकसाइडमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको ‘पोखरामा सडक महोत्सव’को उद्घाटन गर्दै उनले स्थानीय जनता र व्यवसायीको साथ पाएको अवस्थामा पर्यटकीय क्षेत्र लेकसाइड २४ घण्टा खुलाउन सकिने बताएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँडले पर्यटकीय नगरी पोखरा २४ घण्टा नै खुला हुनुपर्ने बताएका छन् । उनले आवश्यक शान्ति सुरक्षाको प्रत्याभूत गर्ने गरी अघि बढ्न सुरक्षा निकाय र प्रशासनलाई पनि निर्देशन समेत दिएका छन ।

गृहमन्त्री खाँडले फेवातालको सीमांकन प्रतिवेदन अनुसार अघि बढ्न सबैको साथ आवश्यक रहेको पनि बताए ।
फेवाताल सीमांकनभित्रै होटल संरचनाहरु पर्लान् । होटलवालाहरुले नेताहरु ल्याएर बसाउने खुवाउने त्यहीँ होला ।
खाँडले भने मैले नि पत्रपत्रिका पढेर थाहा पाएको हुम । लेख्ने पत्रकार साथीहरुलाई अझै बढी थाहा होला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*