January 29, 2022

अन्नपूर्ण गाउँपालिकाका तिनै वडामा एकीकृत समाजवादीको कार्यसमिति गठन

मंसिर ११ पोखरा : नेकपा (एकीकृत समाजवादी)ले अन्नपूर्ण गाउँपालिकामा रहेका तिनै वडामा कार्यसमिति गठन गरेको छ ।
अन्नपूर्ण गाउँपालि वडा न १ मा कुसल सुवेदी को अध्यक्षतामा २५ सदस्यीय, अन्नपूर्ण गाउँपालिका वडा न २ मा कृष्ण प्रसाद अधिकारिको अध्यक्षता २५सदस्यीय यसैगरी वडा ३ मा कुल प्रसाद पौडेल को अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का स्थाइ कमिटी सदस्य सारदा प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा अन्नपूर्ण गाउँपालिकाका तिनै वडामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुवेलीले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिदै पार्टीको अबस्था पुनःस्थापना गर्नु के.पि. ओलिको घमण्ड, अहङकार सोच र कम्युनिष्ट बिचारधारा बाट बाहिरिएको कारण पुनर्निर्माण गर्नु परेको धारणा राखेका छन् ।


कार्यक्रममा पोलिटब्युरो सदस्य श्रीनाथ बराल केन्द्रीय सदस्य ,कृष्ण नेपाली ,गण्डकी प्रदेशका सदस्य प्रेम पौडेल ,जगनाथ अधिकारि ,जिल्ला सदस्य तुलसि दाहाल ,अजुन केशि , कृष्ण भण्डारी ,नेत्र सुवेदी ,दिपेन्द्र सुबेदि उपस्थित थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*