December 4, 2021

आधुनिक पर्यटकीय बसपार्कको पहिचान : फोहरले पर्यटकलाई स्वागत

रोहीत वस्नेत

कार्तिक ३ पोखरा : दिया कार्की दशैं विदा मनाउन धरानवाट काठमाडौं हुँदै पर्यटक बसबाट पोखरा आउछीन २ दिन काठमाडौंमा बस्दा धुलो धुँवा र फोहरबाट वाक्य भएकी कार्की सुन्दर नगरी पोखरामा पहीलो पाइला टेक्दा पनि उनलाई फोहरको डँगुरले छोडेन ‘‘।

पोखराको नयाँ निर्मित पर्यटकीय वसपार्कको छेउछाउबाट फोहरका थुप्राहरुले जव उनलाइ पोखरामा यहाँलाइ स्वागत छ भने पछि ……………… पोखरा पनि नाम मात्रै रहेछ…….. भनेर मन खिन्न पार्दै अगाडी बढ्छीन् ।

पोखरामा पर्यटकीय बसपार्क निर्माणको काम लगभग सम्पन्न भए पनि अझै हस्तान्तरण भएको छैन । हस्तान्तरणको पर्खाइमा रहेको वसपार्क यति बेला फोहरको कन्टेनर बनेको छ ।

सात करोड ५० लाख रुपैयाको लागतमा पोखराको, राष्ट्र बैंकचोकनजिक निर्माण भइरहेको स्मार्ट सिटीमा आधुनिक पर्यटकीय बसपार्क २०७५ फागुन २८ मा सम्झौता भएर निर्माण कार्य सुरु गरी ०७७ भित्र निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम गरेको भए पनि कोरोना संक्रमणका कारण जारी लकडाउन र निषेधाज्ञाले गर्दा निर्माणमा ढिलाइ भएको वसपार्कको काम लगभग सकिए पनि कम्पनीबाट हस्तान्तरण भएको छैन । हस्तान्तरण नभए पनि पर्यटक बसहरुले पर्यटक ओराल्ने अन्तीम गन्तब्य यही बसपार्क नै रहेको छ ।

सुन्दर नगरी पोखरामा घुम्न आएका पर्यटकको पहिलो पाईला टेकिने थलो बसपार्क ।।।। …….. पोखरा झर्ने बित्तिकै फोहर को डँगुर र यत्र तत्र छरिएका बोतलले पर्यटकमा कस्तो सन्देश जाला ……………….? ।।।।। यसको व्यवस्थापन मा कसको ध्यानाकर्षण जाने……………….?

पर्यटकीय बसपार्क नाम सुन्दै आनन्द “Tourist Bus Park ” सबैको पहलमा छिटो छरितो बन्न सक्यो तर बस पार्क भित्र को फोहर व्यवस्थापनको जिम्मेबारी कस्को …………………..?

आन्तरिक पर्यटक बढ्दो छ तर बिडम्बना घुम्न आउने हाम्रै नेपाली पर्यटकहरु कयौंले जथाभावी फालेका फोहरले अझै वातावरण प्रति कयौं नेपाली नागरिक जिम्मेवारी नै छैनन् भन्ने स्पष्ट यत्रतत्र फालिएका फोहरले स्पष्ट देखाउँछ ।
”वातावरण प्रति नागरिक कै प्रहार र संरक्षण मा चुनौती नै चुनौती ”
निति ,नियम र कार्यन्वयन ………………….जिरो..


”नपाउँदा कस्तो . कस्तो …………पाए पछी सस्तो”…………………पर्यटकीय बसहरुको हेलचेक्र्रयाइका कारण बसपार्क र सडक छेउको फोहोर बढेको स्थानीयको गुनासो छ ।


पोखरा फोहरको कन्टेनर हुन बाट बचाउन माथिल्लो तहबाटै कडाइमा पहल हुनु जरुरी देखिन्छ ।
नत्र सुन्दर नगरी पोखराको नाम फोहर नगरी परिवर्तन हुनुमा दुइ मत नहोला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*