December 4, 2021

पोखरा-जोमसोम हवाई सेवा खुल्यो

पोखरा-जोमसोम हवाई सेवा खुल्यो स्विजरल्यान्ड राजदुत मुस्ताङ

असोज २३ पोखरा : मुस्ताङको पर्यटनक्षेत्र बिस्तारै चलायमान हुन थालेसंगै शनिबारदेखि पोखरा-जोमसोम हवाई सेवा ५ महिनापछि नियमित सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । नियमित उडानको पहिला दिन तारा एअरलाईन्सको ३ वडा उडान भएको छ।
मुस्ताङका १८ बर्षभन्दा माथि सबै नागरिकले खोप प्राप्त गरिसकेको र मुस्ताङ भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई कोरोना परिक्षणको रिपोट वा खोप कार्ड लगाएको प्रमाण अनिवार्य गरिएको छ ।

मुस्ताङमा पर्यटनक्षेत्र खुल्ला गरिएसंगै स्वदेशी तथा विदेशी पर्यटकको आउजाउ बढ्न थालेको छ । नेपालका लागि स्विजरल्यान्ड राजदुत एलिजावेथ भोन क्याप्लरसहितको टोली मुस्ताङ पुगेको छ । तारा एअरलाईसन्सको जहाज चार्टर गरी स्विजरल्यान्ड राजदुत क्याप्लर सहितको टोली मुस्ताङ पुगेको मुस्ताङ प्रहरीले जनाएको छ ।

राजदुतसहितको टोलीमा १० जना विदेशी र ३ जना नेपाली छन् । उनीहरुको मुस्ताङ बसाई अवधि १० दिनको रहेको छ । टोलीले उपल्लो मुस्ताङको समेत भ्रमण गर्ने कार्यक्रम छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*