December 4, 2021

अर्घाखाँची पोखरा सम्पर्क समाजको शुभकामना आदान प्रदान कार्यक्रम

असोज २३ पोखरा : अर्घाखाँची पोखरा सम्पर्क समाजले बडा दशै २०७८ घटस्थापनाको तेश्रोदिनको शुभअवसर पारेर दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे रहेका थिए भने सभाको अध्यक्षता अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनारायण पाण्डेले गरेका थिए ।

कार्यक्रमको शुभकामना मन्तब्य दिनेहरुमा कार्यक्रम संयोजक उपाध्यक्ष दधिराम खनाल, लक्ष्मी पाण्डे, महिला संयोजक पार्वती पौडेल विश्व हिन्दु महासंघको अध्यक्ष, तेस्तै पूर्व सल्लाहकार राम प्रसाद खनाल, निर्वतमान अध्यक्ष लिल बहादुर जी.सी.ले अर्घाखाँची पोखरा सम्पर्क समाजले गरेका हरेक सामाजिक कार्यहरुमा एक जुट भएर लाग्नु पर्ने समाजका सदस्यको पिरमर्का बुझेर अगाडी बढ्नु पर्ने चाडपर्वमा खानपिनमा विशेष ध्यान दिनु पर्ने कोभिडको माहामारी अझै रहेकोले स्वास्थ्य मापदण्डको पलना गरी चाडपर्व मनाउन सबैलाई आग्रह समेत गरेका थिए ।

अध्यक्ष चेतनारायण पाण्डेले दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना दिदै समाजका सम्पूर्ण गतिविधिहरुमा सदस्यहरु एक ढिक्का भएर अगाडी बढ्न आग्रह समेत गरेका थिए । समाजका महासचिव बालुलाल पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*