September 23, 2021

खुल्न थाले पर्यटकीय स्थल

भाद्र २७ पोखरा : म्याग्दी तथा कास्कीका पर्यटकीयस्थल करिब पाँच महिनापछि खुल्न थालेका छन् । दोस्रो चरणको लकडाउनपछि ठप्प यहाँका पर्यटकीयस्थल कोरोना सङ्क्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउनेक्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीयस्थल खुलाइएको हो । घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आगमन शुरु भएको छ ।


सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।


“घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेका छन्”, “असोज १ गतेदेखि औपचारिकरुपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुला गर्ने गाउँपालिको तयारी रहेको पर्यटकीयस्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले बताए।


उता लामो समयदेखि ठप्प विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) असोज पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। असोज ५ गतेदेखि अन्नपूर्ण क्षेत्रका सबै होटलहरु खुला हुने भएका हुन्।


कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीयस्थल भ्रमण गर्न रोक लगाइएपछि ठप्प होटलहरु असोजदेखि खुल्ने छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले बताए । असोज ५ देखि यो क्षेत्रका होटलहरु पाहुन राख्ने गरी खुल्छन् । कोभिड १९ संक्रमणको दर पनि कम भई राखेको छ, धेरै जसोले भ्याक्सिन पनि लगाई सकेको अवस्थामा होटल खोल्ने निर्णयमा पुगेका सचिव दिलिपले बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*