October 25, 2021

लायन्स क्लब पिपल चौतारी द्वारा मानवसेवा आश्रममा खाना खुवाउने कार्य सम्पन्न

भाद्र २६ पोखरा: “Service for a Smile” मानब सेवा नै धर्म हो ! लायन्स क्लब अफ पोखरा पिपल चौतारी द्वारा मानवसेवा आश्रम, हेमजा पोखरामा रहेका ९० नब्बे जना लाई खाना खुवाउने कार्य सम्पन्न भएको छ ।

यु.के. निबासी डेनिस थापा र लायन्स क्लब अफ पोखरा पिपल चौतारीको संयुक्त पहलमा शनिवार मानव सेवा आश्रम हेम्जामामा पुगी आश्रममा रहेका ९० (नब्बे जना ) लाई खाना खुवाएको क्लबका सचिव राजु सुनार ले जानकारी दिनु भयो ।

मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सिनाले सामाजिक क्षेत्रमा क्रियाशील क्लब तथा संघ संस्थाहरुको सहयोगबाट नै मानव सेवा आश्रम सञ्चालन भइरहेको बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*