September 23, 2021

सयौं पर्यटन व्यवसायीहरु एमाले प्रवेश

भाद्र २२ पोखरा: पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एकसय १० जनाले पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा विभिन्न पर्यटन संघ संस्था र व्यवासयमा आवद्ध पर्यटन व्यवसायीहरुले पार्टि प्रवेश गरेका हुन ।


उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अविर टिका र फुलमाला लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गरेका नाका अध्यक्ष भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न तयार गरेका पुर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताए ।

त्यसैगरी क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमाले बोकेका एजेण्टा त्यसलाई पूरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफूले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने बताए ।
यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले यति ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताए ।

उनले भने ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठूलो टेवा पुग्ने छ ।’

पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रीय सचिव एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री, गण्डकी प्रदेशका सांसद राजीव पहारी, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिती रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*