September 23, 2021

पर्यटन पुनरुत्थानको पहिलो पाइला भी-टु-भी टुरिजम : बन्नसक्छ

भाद्र २ पोखरा : कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र अब सुरक्षाका उपाय अपनाउँदै र अंगाल्दै चलायमान बनाउन खोजिनु पर्छ । सुरुवाती दिनमा शतप्रतिशत रहेको कोभिड- ९ बारेको मानसिक डर/त्रासको स्तर पछिल्ला दिनहरुमा ५ प्रतिशतभन्दा तल झरेको छ । विभिन्न अध्ययनहरुका अनुसार सबैजसो महामारी प्रतिको शुरुवाती चरणको त्रास, त्यसपछि सृजना हुने जटिलता र त्यसबाट खोज्न थालिने सहजताको चक्र प्रायः उस्तै रहने गरेको छ ।

सार्स, इबोला, स्वाइन फ्लू, एड्सजस्ता सरुवा र संक्रामक रोगहरुको बिकास, बिस्तार र व्यवस्थापनको चक्र हेर्दा पनि यस्तै देखिन्छ । उत्पत्तिको शुरुवाति अवस्थामा अत्यन्तै डर, त्यसपछि मान्छेको चहलपहलमा नियन्त्रण र बन्दाबन्दी गरिने, फलस्वरुप बेरोजगारीता बढ्ने र आर्थिक मन्दि देखिने गर्छ । त्यही बीचमा महामारीको निर्मूलीकरण वा नियन्त्रणका लागि भ्याक्सिन वा औषधि उपचारको विकास गर्दै वितरण थालिने, जोखिम न्यून गर्न आधारभूत जनचेतनाका कार्यक्रम चलाइने, जीवन / व्यवसाय / जीविकोपार्जन बचाउन राहतका कार्यक्रम ल्याउने र सुरक्षाका मापदण्ड अपनाई पेशा/उद्यम/ व्यवसाय पुनः संचालन हुनसक्ने वातावरण बनाउँदै सामाजिक(आर्थिक गतिविधिलाई चलायमान बनाउनु पर्छ ।
विगतका कतिपय महामारी निर्मुल पार्ने खोप वा औषधी अझै पनि आइसकेका छैनन् । तथापी हामी त्यसको त्रासमा छैनौं । धेरैले बिर्सिसकेका छन् । त्यो आम चासोको विषय पनि रहेको छैन । बिस्तारै कोभिड महामारीले पनि यहि चक्र पार गर्ने छ । खुसीको कुरा, अघिल्ला महामारीभन्दा योपाली भ्याक्सिनको विकास र वितरण छिट्टै भएको छ ।

यस अवधिमा खोप लाउने कार्यलाई तीव्रता (भ्याक्सिनेसन) दिँदै, संक्रमितको यथासिघ्र पहिचान र उपचारको व्यवस्था ९कन्ट्याक्ट ट्रेसिङ तथा ट्रिटमेन्ट र संक्रमण फैलिन नदिन व्यापक तालिम तथा जनचेतना ९म्यासिभ अवार्नेश०का कार्यक्रम नियमित रुपमा गर्दै जिविका, पेशा, उद्यम, उद्योग र व्यवसाय केही ठाउँहरुमा पुनःसुचारु गरिएको छ । यो अवधारणा थुप्रै अरु देशमा पनि अपनाईंदै छ । यही सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य रुपमा आवतजावत गर्नका लागि वातावरण सहज बनाउँदै गइरहेका छन् ।

मावन जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतीकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो । अहिले आवतजावत समेत रोकिएको त्रासपूर्ण र नियन्त्रित अवस्था हो । यो पछिल्लो सतक यताकै सबैभन्दा ठूलो विश्वव्यापी मानवीय संकट मध्ये एक हो । यसबाट सबैभन्दा ठुलो मार पर्यटन उद्योगमा परेको छ । मानिसहरुले एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ला गरिने गतिविधिले सृजित हुने अर्थतन्त्र नै पर्यटन उद्योग हो । नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२०, सुध्रिदै गएको र बिस्तार हँदै गएको पुर्वाधारका कारण यस क्षेत्रमा ठुलो मात्रामा लगानी बढिरहेको अवस्था थियो ।


तर, यही महामारीका कारण होटल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, र्‍याफ्टिङ, एअरलाइन्स, यातयात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्टजस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने ७५ अर्ब भन्दा बढीको आय गुमिरहेको छ । सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशत ले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यस्को प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ । ४ खर्ब भन्दा बढीको बैंक तथा वित्तिय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा छ । २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासाय तथा उद्यमहरु फेरी कहिल्यै पुनर्जिवित नहुने गरी बन्द भएका छन् ।

महामारीले महासंकट त ल्याएको छ, तर वास्तवमा हरेक संकटले नयाँ अवसर पनि ल्याएको हुन्छ । संकटका बेला धेरैले हार मान्छन् र हराउँछन् । केहीले बाँच्ने उपाय खोज्छन् र आफूलाई बचाउँछन् । केहीले बाँच्ने प्रयासका साथै नयाँ अवसर खोज्न लाग्छन् र संकट जितेर नयाँ सामाजिक(आर्थिक साम्राज्य खडा गर्छन् । तसर्थ अब संकटग्रस्त अवस्थाबाट यथासिघ्र सामाजिक(आर्थिक पुनरुत्थानतर्फ लैजाने बाटो कोर्ने बेला आएको छ । सावधानी नअपनाउने, संकटबाट उन्मुक्तिका लागि उचित र यथेष्ट प्रयास नगर्ने तर सधै डराएर मात्र एकले अर्कालाई दोषारोपण गरेर मात्रै बस्नु सहि बाटो होइन । आशा मात्रै गरेर बस्नु पनि फलदायी रणनीति होइन ।

नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकोे छ । आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पनि सुचारु गरि सकिएको छ । अब पर्यटन बचाउन सर्भाइभल, फर्काउन रिभाइभल, र फैलाउन ९थ्राइभल० का लागि कम्तिमा ३ वर्षे रणनीतिका साथ अझ बढी एकतावद्ध भएर थप सक्रियताका साथ हिँड्नु पर्ने हुन्छ ।


पर्यटन उद्योगलाई बचाउन र फेरी पुरानै लयमा फर्काउन गर्नु पर्ने कामहरुको सूची लामै हुन सक्दछ । सबै कामहरु एकै पटक शुरु गर्न र सम्पन्न गर्न सम्भव छैन । तसर्थ तत्कालका लागि पहिलो पाइला स्वरुप निम्न कार्य उच्च प्राथमिकताका साथ गर्न सके हाम्रो पर्यटन छिट्टै पुनरुत्थान हुन सक्नेछ

१) भ्याक्सिनमा तीव्रता र सकारात्मक सन्देशको प्रसार : विश्वका अन्य कम विकसित तथा विकासोन्मुख देशको तुलनामा नेपालमा भ्याक्सिनको प्राप्तता र वितरण सन्तोषजनक नै छ । आगामी असोज महिना सम्म कुल जनसंख्याको करीब ४० प्रतिशत र चैत्र सम्म शतप्रतिशत नेपालीका लागि खोपको उपलब्धता भइ सक्ने योजना सार्वजनिक भएको छ । सगरमाथा तथा अन्नपूर्ण क्षेत्र जस्ता नेपालका मुख्य पर्यटकीय गन्तव्य रहेका हिमाली जिल्लामा प्रायः सबै जनाले भ्याक्सिन लगाइसकेका छन् । काठमाडौ, पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, बर्दिया, धरान जस्ता गन्तव्यहरुमा पर्यटकीय सेवा प्रदान गर्ने प्राय सबै जसो पर्यटनकर्मीले पनि खोप लगाइसकेका छन् । यस अवस्थामा छुटेका केही पर्यटनकर्मीलाई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था गर्दै नेपालको समग्र पर्यटन क्षेत्र भ्याक्सिनयुक्त भइसकेको सन्देश स्रोत बजारमा व्यापक रुपमा सम्पे्रषण गनुपर्छ ।


२) सुरक्षित यात्रा कोरिडोरको पहिचान र प्रचार : सम्पूर्ण नेपालीले भ्याक्सिन नलगाउँदा सम्म पर्यटक घुम्न निस्कदाँ विश्वस्त नहुन सक्छन् । सरकारी योजनाका अनुसार सबै नेपाली भ्याक्सिनयुक्त हुन २०७८ चैत्रसम्म कुर्नु पर्छ । सोहिकारण हाललाई पर्यटक घुम्न सक्ने सुरक्षित कोरिडोर पहिचान गरि प्रचारित गर्दा त्यसले पर्यटकका लागि नेपाल यात्रा थप विश्वसनिय बनाउने छ । पर्यटकको सुरक्षाका लागि नेपालले देखाएको सह्रदयी चासो र संवेदनशीलता पनि यस क्रममा झल्किने छ । हाललाई भ्याक्सिन लगाई सकेका सेवा प्रदायक रहेको र अन्य सुरक्षाका मापदण्ड पालना गरिरहेको होटल, रिजोर्ट, रेस्टुरेन्ट, विमानसेवा, सम्पदास्थल, यातायाता, तथा अन्य घुमघामका क्षेत्रहरुको पहिचान र त्यसको नियमित अनुगमन हुने संयन्त्रको व्यवस्था, स्थानियले समेत भ्याक्सिन लगाइसकेका गन्तव्य, भ्याक्सिन लगाइसकिएका अग्रपंक्तिका सेवा प्रदायक जनशक्ति रहेका मुख्य पर्यटकीय क्षेत्रहरु समावेश गरी एक सुरक्षित कोरिडोरको पहिचान तथा नक्साकन गर्नुपर्छ । त्यसको नियमित परिक्षण गर्देै सहज रुपमा चहलपहल गर्न दिनुपर्छ । हाललाई भ्याक्सिन नलगाएका समुदायहरुमा घुमफिर गर्न प्रोत्सहित गर्नु हुँदैन । एक पर्यटक विमानस्थलमा आइसकेपछि सुरक्षाका मापदण्ड पालना गरिएका सवारीसाधन र पूर्णरुपमा भ्याक्सिन लगाइ सकेका सेवा प्रदायक मार्फत मापदण्ड पालना गरिएको होटल रिजोर्टमा बस्ने प्रावधान मिलाउनु पर्छ । सुरक्षा अडिट गरिएका गन्तव्यमा घुम्न जाने र त्यसरी नै सुरक्षित कोरिडोरबाटै फर्किने व्यवस्था गर्न सकिन्छ । नेपालका मुख्य पर्यटकिय आकर्षण खासगरी पर्वतीय, प्राकृतिक, साहसिक र वन्यजन्तु सम्बन्धि पर्यटकीय गतिविधि यस कोरिडोर भित्र रहने छन् ।

व्यवस्थाबारे ड्यासबोर्ड र इन्फोग्राफीक भिडियो सामग्री बनाई मुख्य स्रोत बजारका सरोकारवाला, संचार क्षेत्र, गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा, दुतावासमार्फत यथासिघ्र सम्पे्रषित गर्न सकिन्छ । यसले नेपालको सक्रियता र तयारी बारे सकारात्मक सन्देश दिनेछ । यसबाट नेपाल भ्रमण गर्न समेत प्रेरित गर्नेछ ।


३) व्यापक तालिम तथा जनचेतना /सुरक्षा मापदण्डको पालना र अनुगमन संयन्त्र
: कोभिड महामारी र यसपश्चात सरसफाई र खाद्य सुरक्षा मुख्य चासो हुने भएकाले एक राष्ट्रिय अभियानकै रुपमा पर्यटनमा अग्रपंक्तिमा कार्यरत पर्यटनकर्मीलाई व्यापक रुपमा तालिम तथा अभिमूखिकरण र स्थानिय समुदायका लागि जनचेतनाका कार्यक्रम नियमित सन्चालन गर्नुपर्छ । अब यात्रामा निस्कने हरेक पर्यटक, स्वेदेशीरविदेशी, दुवैले गन्तव्य वा गतिविधि छनौट गर्दा स्वास्थ्य सम्बन्धिको तयारीलाई पहिलो मापदण्ड बनाउने छन् । पर्यटन पुनरुत्थान हुँदै गर्दा क्षेत्र पहिलेजस्तै रुपमा फर्के पनि सामाजिक दूरी, मास्क र सरसफाईका प्रचलन लामो समयसम्म रहिरहनेछन् । कम्तिमा यी तीन चलन जताततै लागु भएको प्रत्याभुत गर्न सक्नु पर्छ । त्यसैले यात्रा गर्ने साधन जस्तै : हवाईजहाज, बस, कार; बास बस्ने स्थान जस्तै – होटलररिजोर्टरहोमस्टेरटेन्ट; पर्यटन सेवा र गतिविधिका स्थल जस्तै( विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्राहलय, र्‍याफ्टिंग/बन्जि / प्याराग्लाइडिंग /साइक्लिंग /बोटिंग /हात्ती सवार /सफारी जस्ता गतिविधिका साधनलाई नियमित डिस्इन्फेक्ट गर्नुपर्छ ।सफाई तथा हाइजिनको मापदन्ड कडाइका साथ लागु गर्नुपर्छ । भौतिक दुरी कायम राख्ने जस्ता कार्य गर्न सरकारी, निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधी संलग्न एक संयन्त्र बनाई त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्नुपर्छ ।

४) पूर्ण भ्याक्सिन लगाइसकेका यात्रीलाई बिना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण : पर्यटकहरु सुखद अनुभूति प्राप्त गर्नका लागि आफू भन्दा टाढाका गन्तव्यहरु छनौट गर्दैर् भ्रमणमा निस्कने गर्दछन । गन्तवय प्रवेश गर्दा वा घुमघाम गर्दा झन्झटिला व्यवस्थाहरुले पर्यटकलाई निरुत्साहित गर्दछ । आफ्नो व्यस्त दिनचर्याबाट सिमित समय बचाएर सिमित अवधिका लागि घुम्न आउने पर्यटकलाई सात दिन सम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था पर्यटन पुनःसुचारु गर्नका लागि सबै भन्दा बाधक छ । जबकी विश्वव्यापी रुपमा एक जना पर्यटकको औसतः बसाई मात्रै ८ दिन रहेको छ । तसर्थ पूर्ण भ्याक्सिन लगाइसकेकालाई बीना क्वारेन्टाइन प्रवेश र अन-अराइभल भिसा दिने व्यवस्था यथासिघ्र गर्नुपर्छ । भ्याक्सिन नलगाइसकेकालाई पीसीआर नेगेटिभ रिपोर्टका आधारमा बीना क्वारेन्टिन प्रवेश दिनुपर्छ । विश्वव्यापीरुपमा समेत यहि व्यवस्था अभ्यासमा ल्याइएको छ । यो सुरक्षित पनि ठानिएको छ । यसो गर्दा २०२१ अक्टोबरबाट केहि मात्रामा पर्यटक आउने सम्भावना छ ।

५) भी टु भी पर्यटन सेवा सुचारु : भ्याक्सिन लगाइसकेकालाई भ्याक्सिन लगाइसकेका सेवाप्रदायकले सेवा प्रदान गर्न मिल्ने गरी पर्यटकीय गतिविधि अनुभुत गर्न र उपभोग गर्न उत्साहित गर्न सकिन्छ । स्वेदेशी तथा विदेशी दुवै खाले पर्यटकहरुका हकमा यो व्यवस्था स्थानिय सरकार, समुदाय तथा सरोकारवालाहरुको समन्वयमा सथानिय तहमा पनि लागु गर्न सकिन्छ । भी-टु -भी पर्यटनको नेपालले लागू गर्ने यो नमुना विश्वका अन्य देशमा पर्यटन पुनः सूचारु गर्न पनि प्रेरणादायी हुन सक्ने छ । by: onlinekhabar

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*