December 4, 2021

फेवाताल किनारको सेल्फी पुल

रोहीत वस्नेत

साउन २५ पोखरा: गण्डकी प्रदेश वातावरण मन्त्रालय अन्तर्गतको ताल प्राधिकरण, पोखरा महानगरपालिका, बृहत् जलाधार व्यवस्थापन केन्द्र तथा डिभिजन वन कार्यालयको सहकार्यमा बनेको हल्लनचोक देखि गैह्राको चौतारा सम्म निर्माणाधीन फेवातालको (पैदलमार्ग) सौन्दर्यकरणको मध्ये विन्दुमा बनेको पुल सञ्चानमा आए पछी पोखरा लेकसाइड घुम्न आउनेहरूका लागि सेल्फी खिच्ने ठाउँ बनेको छ।

फुटट्रयाक सँगै पुल सञ्चालनमा आए पछी पर्यटकीय नगरी पोखराको लेकसाइड घुम्न आउने आन्तरिक एवं विदेशी पर्यटकहरु पुलमा सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् ।

नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइड यस क्षेत्रमा आन्तरीक पर्यटकको भीडभाड बढेको छ फेवाकिनारमा बनेको पैदलमार्गलाई जोड्ने नव निर्मित पुल आन्तरीक पर्यटकका लागि सेल्फी लिने उपयुक्त स्थल बनेको देखिन्छ ।

पुलको उत्तरतर्फ अन्नपूर्ण हिमश्रृखला तथा पश्चिमतर्फ फेवातालको दृश्यलाई पुलसँगै क्यामेरामा कैद गर्न सकिने भएकाले पर्यटकहरू सेल्फीमा रमाउने गरेका हुन्।

सोमबार विहान पुलमा बरीष्ठ पर्यटन व्यवसायी भरतराज पराजुली, खिम ढकाल तथा पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य हरि कृष्ण पहारीले मोबाइलबाट सेल्फी खिच्दै गरेको अवस्थामा भेटिएका थिए भने पोखरा घुम्न आएपछी फेवाताल छेउतिर पैदलमार्गमा घुमफिर गर्ने जो कोही पनि उक्त पुलमा सेल्फी नखिचीकन नजाने फुटट्रायक खाजा पसल सञ्चालक रमेश थापाले बताए सो सेल्फी पुलमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले समेत बेला बेलामा सेल्फी खिचेर समाजिक सञ्जालमा अपलोड गरेको समेत भेटीन्छ ।

सेल्फी पुल निर्माण भएपछि हल्लनचोक देखि गैराको चौतारा सम्म फेवाकिनारबाट पैदलयात्रा गर्न को लागि सहज भएको छ । पुल निर्माण भएपछि स्थानियले उत्त पुलको नाम सेल्फी पुल राखेका छन् ।

सेल्फी ब्रिज ( पुल ) निमार्ण कार्यमा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीको मुख्य भूमिका रहेको पोखरा महानगरपालिकाका वडा नं. ६ का वडा सदस्य हरि कृष्ण पहारीले पर्यटन समाचारलाइ बताए छ । प्रमुख पर्यटकीय गन्तव्य तथा पर्यटकीय हब बनाउनका लागि निर्माण उक्त सेल्फी पुलले पर्यटकको बसाइलम्बाउन ठुलो भूमिका खेल्ने देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*