September 23, 2021

दारी ग्याङ पोखराले फेवाताल सरसफाई

रोहीत वस्नेत
साउन २३ पोखरा :

“गालामा दारी, काँधमा जिम्मेवारी ” …………”गालामा दारी, सामाजिक कार्य हाम्रो चिनारी”
भन्ने नारासहित सामाजिक कार्य गर्दै आएको दारी ग्याङ पोखराले फेवाताललाई सफा राख्नुपर्ने भन्दै फेवातालको सरसफाई गरेको छ । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेको अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ।

२०७४ सालदेखी फेवाताल सरसफाइमा निरन्तर सक्रिय युवाहरुको उक्त संस्थाले जलकुम्भिले कुरुप बन्दै गएको फेवाको सुन्दरता र भविष्य प्रति चिन्ता र चासो राख्दै सरसफाई गरिएको दारि ग्याङ पोखराका सक्रिय सदस्य महेन्द्र पहारीले बताए ।

वृहत रत्तदान, ग्रामिण स्कुलमा वाईटबोर्ड लगायत स्टेशनरी सामान वितरण लगायतका थुप्रै सामाजिक काम गरिसकेको दारि ग्याङ पोखराले प्रत्येक बर्ष फेवातालमा नियमित जलकुम्भी झार सफा गर्दै आएको छ । केही वर्षदेखि फेवा तालमा जलकुम्भी झारले फेवा ताललाई नै कुरूप बनाउँदै आइरहेको बेला पोखराको हल्लन चोकदेखि खहरेसाइडको फेवा किनारमा रहेको जलकुम्भी झार सफा गर्दै फेवातालको सरसफाईका खातिर ल्याईएको मेसिन विनाकाम थन्क्याएर राख्नु भन्दा तेसको उपयोग गर्नु राम्रो हुने सक्रिय सदस्य महेन्द्र पहारीले पर्यटन समाचारलाई बताए । उनले तालबाट जलकुम्भी झारलाई निकालेर सफा बनाउने अभियानमा सहभागी बन्न पोखरेलीलाई आह्वान समेत गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*