September 23, 2021

आनन्द कुँवर तथा प्रितम कुँवर सम्मानित ! यि को हुन ?

भैरहवाको डिएच हेल्थ फाउण्डेशन एण्ड च्यारिटी नेपालले पोखरा लेकसाइडका आनन्द कुँवर र प्रितम कुँवरलाई एक समारोहका विच सम्मान गरेको हो । लेकसाइडको गौरिघाटमा आयोजित कार्यक्रममा कुँवर दाजुभाइलाई नगद दशरदश हजार सहित सम्मान पत्रद्वारा सम्मान गरियो । उहाँहरुलाई फाउण्डेशनका अध्यक्ष लव थापा, संरक्षक वरिष्ठ न्यूरोलोजिष्ट लेखजंग थापा, धनु कुँवर, मनु पहारी, शान्ति थापा, अन्नपूर्ण कुँवर, विनोद पहारी, अर्जुन पहारी लगायतले खादा सहित नगद र सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।

यि को हुन ?

सम्मानित आनन्द कुँवर पूर्व अन्र्तराष्ट्रिय पौडी खेलाडी हुन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा हालै प्रदान गरिएको वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा समेत परेका कुँवरले नेपाल सरकारबाट गोर्खा दक्षिण बाहु समेत पाएका छन् । कास्कीलाई कर्मथलो बनाएका कुँवर साफ खेलका पदकधारी खेलाडी हुन्ब । उनले सयौं पौडी खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन् । त्यस्तै लेकसाइड तेक्वान्डो डोजाङ्गका सञ्चालक तथा प्रशिक्षक प्रितम कुँवरले डोजाङ्ग मार्फत सयौं खेलाडी उत्पादन गरि राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएका छन् । फोर डान प्राप्त कुँवरले डोजाङ्ग मार्फत थुप्रै सामाजिक काम पनि गरेका छन् । सम्मानले आफुलाई खेल क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको सम्मानित कुँवर दाजुभाइले बताए ।


सो अवसरमा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य भिमसेन भुजेल, वडा नम्बर ६ का वडासदस्य हरिकृष्ण पहारी, राष्ट्रिय सम्पदा तथा जनअधिकार समिति संयोजक विष्णुहरि अधिकारी, सूचनाका लागि महानगरपालिका संयोजक कृष्ण क्षेत्री, नेपाली काँग्रेस वडा ६ इकाई सभापति बलराम गिरी, स्थानिय समाजसेवी दिपकविर कुँवर लगायतले कुँवर दाजुभाइले खेल क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ता प्रतिभाहरुलाई राष्ट्रले पनि कदर गर्नुपर्नेमा जोड दिएका थिए ।

समारोहमा बोल्दै कास्की जिल्ला पौडी संघका अध्यक्ष समेत रहेका बव जिमका सञ्चालक बैभव पौडेलले सम्मानित व्यक्तित्वहरुलाई आफ्नों जिम हलमा निःशुल्क जिमको घोषणा गरे । गौरीघाट पार्क संरक्षण समितिका अध्यक्ष लव भुजेलले स्वागत गरेको कार्यक्रम सूचनाका लागि वडा सञ्जाल–६ का संयोजक अनिलजंग थापाले सञ्चालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*