
रोहीत वस्नेत
असार ७ पोखरा : बषौं देखि प्यारालाइसिसबाट ग्रसित रहेको परिवार तथा विभिन्न क्षेत्रबाट पोखरामा आएर दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई चाइनिज पत्रकार Mr. Wang र उनको साथी Mss. CoCo ले राहत वितरण गर्नु भएको छ ।

राहतस्वरुप चामल, दाल, नुन, तेल लगायतका सामग्री वितरण गर्नु भएको हो । घरभाडामा बसेर ज्याला मजदुरी गर्ने परिवारका मजदुरलाई हाल कोरोनाको दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका कारण तथा ठेकदारद्धारा गरीएको अमानवीय कार्यले घरमा अन्नको जोहो गर्न नसक्ने असहायहरुलाइ चिनबाट नेपाल आएको बेला सहयोग गर्न पाउदा आफुलाइ अत्यान्तै खुसी लागेको कुरा चाइनिज पत्रकार Mr. Wang र उनको साथी CoCo ले बताउनु भयो । Mr. Wang चाइनामा रहेको चर्चित टेलीभिजनका संवादाता भएको बताउनु भएको छ ।

यस्तो माहामारीको वेला असाहय, पिडित, विपन्न र मजदुरहरुलाई सहयोग गर्नु ठुलो धर्म भएको र सवै नेपालीलाई असाहय, पिडित, विपन्न र मजदुरहरुलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

फेवाकिनार गरीएको उक्त राहत कार्यक्रम अम्ब्रेला क्याफेका संचालक पर्यटन ब्यबसयी तथा समाज सेवि सीतामान घिसिङ र पोखरा पर्यटन समाचारको समन्वयमा वडा नं ६ का वडा सदस्य हरि पहारीको हातबाट वितरण गरीएको थियो भने नेपाल शिन क्योकुशीन काइ कराते का गन्डकी ब्रांच चीफ़ एबम प्रमुख प्रशिक्षक अशोक लामा रूम्बा ले वितरण कार्यमा सहयोग गर्नु भएको थियो ।


Leave a Reply