August 5, 2021

कमजोर अवस्थाका डुङ्गा चालकलाई : राहत वितरण

जेष्ठ २१ पेखरा : कोरोना सङ्क्रमणको कारण “लामो समय भयो, निषेधाज्ञा छ काम गरेर छाक टार्न समस्या छ । यस्तोमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङ्गको संयुक्त सहयोगमा पोखराको फेवातालमा डुङ्गा चलाउने मजदुरहरुलाई राहत वितरण गरिएको छ । कमजोर अवस्थाका डुङ्गा चालकहरुलाई पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप ३२ जनालाई शनिबार बिहान वितरण गरिने रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो ।

फेवाताल किनार बाराहीघाटमा राहत वितरण कार्यक्रममा फेवातालका विभिन्न घाटमा कार्यरत डुङ्गा चालकहरुलाई खाद्यान्न सामग्री वितरण गरियो । उनीहरुलाई १ बोरा चामल सहित दाल, चना, केराउ, नुन, तेल, मस्यौरा तथा स्वास्थ्य सामग्री स्यानिटाइजर, मास्क, साबुन लगायत जनही २५ सय बराबरको राहत सामग्री वितरण गरिएको द आर्ट अफ लिभिङ्ग, गण्डकी प्रदेश प्रमुख नरेशबहादुर भट्टराईले जनाकारी दिनुभयो ।
फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुङ्गा चालक छन् । तीमध्ये चार सयले आफ्नै तथा बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

राहत पाएपछि डुङ्गा चालकहरुपनि खुसि देखिन्थे । राहत वितरण कार्यक्रममा पोखरा वडा नम्बर ६ का वडाध्यक्ष जगत बहादुर पहारी, वडासदस्य हरिकृष्ण पहारी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी लगायतको उपस्थिती रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*