August 5, 2021

पोखरा पर्यटन परिषदद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ १६ पोखरा: पोखराका विभिन्न पर्यटन सम्बद्ध संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ । आइतबार पोखराको माउण्ट कैलाश रिसोर्टमा आयोजित एक समारोहका विच परिषद्ले झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नरेशबहादुर भट्टराई लगायतले पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान, मातृशिसु मितेरी अस्पताल बाटुलेचौर र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

कोरोनाको महामारीमा अत्याआवश्यक सामग्री अक्सिजन कन्सन्ट्रेटेर मेशिन,अक्सिजन मेशिन, पिपिइ सेट, पञ्जा, मास्क लगायतका स्वास्थ्य सामग्री हस्तान्तण गर्नुभएको हो । पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठानका डा।डुकबहादुर क्षेत्री, मातृशिसु मितेरी अस्पताल बाटुलेचौरका डा।पुष्कर पौडेल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका डा।विकास गौचतले उक्त सामग्री बुझ्नुभयो । सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री गुरुङ्गले मुलुकमा स्वास्थ्य संकटकाल नलगाइए पनि वर्तमान अवस्था संकटकालनै भएको उल्लेख गर्नुभयो । यस्तो अवस्थामा सरकारको नकारात्मक टिप्पणी गर्नुभन्दापनि सहकार्य गर्दै मनोबल बढाइदिन उहाँले आग्रह गर्नुभयो । पोखरामा मेयर जिसीले अहिलेको अवस्थामा थोरै सहयोगले पनि धेरैको ज्यान जोगाउन सकिने जनाउँदै सबैले आ–आफ्नों ठाउँबाट सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

यसअघि पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितको लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेर मेशिन सहित आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पोखरा ल्याएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाको असर पर्यटन क्षेत्रले भोग्नुपरेको भएपनि यस्तो अवस्थामा समेत कोरोना विरुद्धको लडाईमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अझैपनि केहि स्वास्थ्य सामग्री आउन बाँकि रहेको जनाउँदै महत्वका साथ सहयोग गर्दै जाने बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*