September 26, 2021

तालवाराही मन्दिर क्षेत्रभित्र अवैधरुपमा बनेको सटर प्रति युवा संघ बैदामको आपत्ति ।


रोहीत वस्नेत
बैशाख १० पोखरा: धार्मिक पर्यटनको केन्द्र पुरातात्विक ,मौलिकता झल्केको एतिहासिक तालवाराही परिसरमा व्यवसायिक प्रायोजनको लागि बनेको अवैध संरचनाले मन्दिरको शोभा लगायत मन्दिरबाट देखिने मनोरम हिमालतिरको प्राकृतिक दृश्य नै बन्द गरि बनेको टहरा र सटर प्रति गम्भीर आपत्ति रहेको भन्दै युवा संघ बैदामले पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ

ध्यानाकर्षण पत्रमा सार्वजनिक, ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने दायित्व हाम्रो लगायत सरकारको हो । हरेक संरचना स्थानिय सरकार (नेपाल सरकार)को अनुमति बिना निमार्ण हुनु नेपालको कानुन पालना नगर्नु ठहरीन्छ । पर्यटकीय क्षेत्र बैदाम को बिकासका काम संगै एतिहास लाई जोगाएर अघि बढ्न युवा संघ बैदाम हरपल स्थानीय सरकार लाई साथ दिन तयार रहेको पत्रमा उल्लेख छ ।

संघका अध्यक्ष आविस्कार तिमिल्सिना लगायत युवा संघ टिमले सो ग्यापन पत्र वडा कार्यालय ६ मा पेश गरेको हो ।

हाल मन्दिरले फोटोग्राफी कक्ष टेण्डर मार्फत भाडामा लगाएको छ र नयाँ निर्माण गरेको सटर पनि भाडा लगाउन लागेको हुदा मन्दिरमा व्यवसायिक हिसावमा अवैध संरचना बन्नु गलत हो भनि सामाजिक अगुवाहरुले बताएका छन् ।
भाडामा फोटोग्राफि कक्ष दिएको र नयाँ सटर बनाएर फेरि व्यवसायीक प्रायोजन को लागि भाडा मा दिन बनाएको सटर बिरुद्ध सामाजिक अभियन्ताको पनि ध्यानाकर्षण रहेको देखिन्छ । यस्ता सार्वजनिक सम्पत्ती जोगाउन सरकारले चाडो भन्दा चाडो पहल गर्नुमा दुइमत नहोला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*