June 17, 2021

नेपाल पत्रकार महासंघ कास्कीमा महिला नेतृत्व अध्यक्षमा विमला भण्डारी निर्वाचित

चैत्र २६ पोखरा :

महिला नेतृत्व स्थापित गरेर कास्कीले एउटा इतिहास निर्माण गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन्। भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् ।

निर्वाचित भण्डारी संयुक्त प्यानलबाट उमेदवार बनेकी थिइन् । उनी यस अघि नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष थिइन् । कास्कीमा ३१२ मतदाता मध्ये ३०५ जनाले मतदान गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाले १७२ मत ल्याएर विजयी भएका छन् । उनले प्रेस चौतारीका अर्जुन गिरीलाई ५० मतान्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा जमुना शर्मा बर्षा ९१५१० मत ल्याएर निर्वाचित भएकी छन्

त्यस्तै सचिवमा माधव बराल ९१५५०, सहसचिव समावेशीमा रेम बिक ९१६८०, सहसचिवमा श्रीराम सिग्देल ९१७७०,कोषाध्यक्षमा कृष्ण दवाडी ९१७७०,महिला सदस्यमा सपना अधिकारी ९१४८०,दलित सदस्यमा बिजय नेपाली ९१५६०,आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ ९१५७०,समावेशी सदस्यमा जैनव खातुन ९१८३० र खुल्ला सदस्यमा कन्चन थापाले १३० मत पाएर विजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा गीताराना मगर ९१२९०, धनबहादुर गुरुङ ९१५२०,प्रभु अधिकारी ९१२८०, शिवराज बस्ताकोटी ९१२८०,सन्तोष बस्याल ९१२४०, सन्तोष सुवेदी ९१२९०, युवराज गुरुङ९१३१० र हरी पन्त ९१३५० मत पाएर विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको राष्ट्रिय परिषद् सदस्यमा राज बहादुर गुरुङले १६३ मत पाएर विजयी भएका छन् ।
त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा आरजु बिष्ट सल्यानी ९१२६०,कमल पौडेल अथक ९१५००, गंगाधर पराजुली ९१२६० र श्यामनाथ कुवरले १४२ मत पाएर विजयी भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*