
रोहीत वस्नेत
चैत्र २३ पोखरा : हुम वहादुर गौतम ‘बिहान झिसमिसेमै ट्याक्सी लिएर हतार हतार गर्दै छोरेपाटनबाट लेकसाईड पुग्छन् । तर दिउँसो १२ बजेसम्म पनि एउटा टिप लाग्दैन १२ बज्दा पेटमा एक कप चियाबाहेक अरु केही परेको हुँदैन, खाना खान होटल जाउ भने कमाई छैन, कोठा जाउ भने छोरेपाटन पुगुन्जेलसम्म एउटा टिप लागिहाल्छ कि भन्ने आश पनि हुन्छ । कयौं दिन त लेकसाइडको हल्लनचोक, वाराहीचोकमा दिनभर बसेर घर फर्कन्छन् ।
पूर्व निजामती कर्मचारी समेत रहेका गौतम सरकारी जागीर सकिए पछी आएको केही रकमबाट ट्याक्सी किनेर ट्याक्सी चालक भए उनको अहिले जिविकोपार्जर गर्ने माध्यक्ष एक ट्याक्सी मात्रै हो । कमाउने त कुरै नगरौं ट्याक्सीमा तेल हाल्न कहीलेकाँही त आफुले पाउने पेनशनको रकम एटीएमबाट झिक्नु पर्ने बााध्यता रहेको बताउँछन् । गौतम जस्ता धेरै ट्याक्सी चालकहरुको आफ्नै पिडा छ ।
अर्जुन सुनार भाडाको ट्याक्सी चलाउँछन् कमाइ भए पनि नभए पनि बेलुका ट्याक्सी साहुलाई अनिवार्यरुपमा भाडा दिनुपर्ने हुन्छ बचेको रकमले परिवारलाइ विहान बेलुकाको छाक टार्नुपर्ने हुन्छ । दिनभर कमाएको रकम बेलुका साहुलाइ भाडा दिदाँ आफुसँग तेल हाल्ने रकम समेत अभावहुन थालेको गुनासो गर्छन ।
सुपादेउराली ट्याक्सी एक्प्रेसका चालक दिनेश भुसाल महिनामा दुइ पटक अर्घाखाँची बुटवल पोखरा गर्थे प्राय सधै व्यस्त हुने भुसाल अहीले ट्याक्सीको बैंकको किस्ता तिर्न समेत धौ धौ भएको बताउँछन् ।

ट्याक्सी चालकहरुको पीडा खपिनसक्नुको छ । पोखरामा सार्वजनिक सवारी सरह नै ट्याक्सीहरु गुड्छन् । पोखरामा चल्ने धेरैजसो ट्याक्सीहरुको मुख्य ‘टार्गेट’ पोखरा विमानस्थल पर्यटक वसपार्क, लोकल वसपार्क र लेकसाइड क्षेत्र पर्दछ । विदेशी पर्यटकहरु ट्राभल कम्पनीको प्याकेज अनुसार आउने भएकाले ट्याक्सी वालाहरुले बोक्न कमै पाउँछन । त्यसैले उनीहरुका मुख्य ग्राहक भारतीय र आन्तरिक पर्यटकहरु हुन् ।तर कोरोना भाइरस माहामारी कारण लेकसाइड पर्यटन क्षेत्रमा भ्रमण गर्ने यात्रुहरु घट्दा यात्रु कुरेर बसेका ट्याक्सीहरुले मुस्किलले एकाध ग्राहक भेट्छन् ।
पोखराका ट्याक्सी व्यवसायी तथा चालक सम्बन्ध संघसंस्थामा करीव २५०० भन्दा बढी ट्याक्सीहरु आवद्ध छन् । यीमध्ये करीव ८० प्रतिशत आफैँ चालक र आफैँ साहु छन् भने २० प्रतिशत भाडामा चलाउने चालक छन् । विगत १० बर्ष पहिलाबाट मिटर नबढेको पिडा जस्ताको तस्तै रहे सँगै हाल आएर कोभिडका कारण अहिले ग्राहक नहुँदा आफूहरु मर्कामा परेको फेवाताल ट्याक्सी इकाईका अध्यक्ष देवीलाल दाहालको गुनासो छ । शुक्रवार र शनिवार हल्का केही यात्रु भेटीए पनी अरु दिन भने दिनभरी लेकसाइड कुरेर घर फर्कर्नु पर्ने वाध्यता छ । कहीकाही त घर फर्कदा एक छाक तरकारी किन्न समेत रकम नहुने अध्यक्ष दाहालले दुःख ब्यक्त गरे

किस्ता तिर्नै धौ धौ
पर्यटक क्षेत्र लेकसाइडमा यात्रु कुरेर बस्ने ट्याक्सीको संख्या २०० सयभन्दा बढी छ । लेकसाइडमा सयौं बढी ट्याक्सी भौतारिरहेका हुन्छन् । विभिन्न चोक (खहरेचोक, हल्लनचोक, सेन्टर प्वाइन्ट चोक, बाराही चोक, गौरीघाटचोक, अम्बटचोक र फिस्टेल गेट चोक) नजिक पालैपालो यात्रु बोक्ने गरी चालकहरुले पालो प्रणाली पनि सुरु गरेका हुन्छन् ।
तर, मुस्किलले दैनिक १५ सयदेखि २ हजार रुपैयाँ कमाई हुँदा परिवार पाल्न र ट्याक्सीको किस्ता तिर्नै धौ धौ भएको ट्याक्सी चालक मोहन रानाभाटको गुनासो छ
२ हजार कमाई हुँदा ५ / ६ सयको तेल नै जान्छ रानाभाट भन्छन् कोरोनाले असर पारेको भनेर सार्वजनिक यातायातको क्षेत्रलाई पनि सहुलियत ऋण जस्ता कुराहरु आएको सुनियो, तर ट्याक्सीको विषयमा कही कतै केही सुनुवाई भएन । गरिखाने अवस्था नहुँदा विकल्प के अपनाउने भनेर सोच्नै सकेको छैन ।
Leave a Reply