December 9, 2021

फेवातालको क्षेत्रफल दश वर्षमा १६ सय रोपनी घट्यो

पहिलो पटक तालको सीमाङ्कन र नक्साङ्कन

फागनु १७ पोखरा :
यसअघि फेवातालको सरकारी नक्सा थिएन। तालको क्षेत्रफल पनि सरकारले तोकेको थिएन। फेवातालबारे अहिलेसम्म झन्डै एक दर्जन अध्ययन भएका छन्। ती अध्ययनले आ(आफ्नै तरिकाले फेवातालको क्षेत्रफल र नक्सा उतारेका थिए। ती अध्ययनलाई सरकारले अहिलेसम्म मान्यता दिएको थिएन।

फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले २०७५ वैशाख १६ गते दिएको फैसलाअनुसार सरकारले बल्ल पहिलो पाइला चालेको छ। सरकारले गठन गरेको फेवातालको सीमाङ्कन तथा नक्साङ्कन समितिले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्य पौडेलको संयोजकत्वमा फेवातालको सीमाङ्कन तथा नक्साङ्कन समिति गठन गरेको थियो। समितिले गत फागुन २ गते प्रधानमन्त्री ओलीलाई फेवातालको सीमाङ्कन तथा नक्साङ्कन प्रतिवेदन बुझाएको थियो।

मन्त्रिपरिषदको फागुन ११ गते बसेको बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन र नक्साङ्कनसम्बन्धी उक्त प्रतिवेदन पारित गरेको संयोजक पुण्य पौडेलले बताए। मन्त्रिपरिषदबाट पारित भएपछि बल्ल फेवातालको आधिकारिक सीमाना, क्षेत्रफल र नक्सा बनेको छ।

समितिले बुझाएको प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी अर्थात् ५।७२६ वर्ग किलोमिटर कायम भएको छ। बर्खामा बढेको पानीले ढाकेको क्षेत्रफलका आधारमा उक्त क्षेत्रफल निकालेको समितिका संयोजक पौडेलले बताए।


‘हामीले बुझाएको प्रतिवेदनअनुसार सरकारले पहिलो पटक फेवातालको आधिकारिक नक्सा, क्षेत्रफल र चार किल्ला निर्धारण गरेको छ,’ पौडेलले भने।
सर्वोच्च अदालतले ६ महिनाभित्र गर्नु भनेर दिएको फैसला दुई वर्ष बित्दासमेत सिन्को भाँचिएको थिएन। सर्वोच्चले तीनै तहका सरकारलाई कार्यविभाजन गरेर ६ महिनाभित्र कार्यान्वयन गर्न र प्रगति विवरण पेश गर्न निर्देशन दिएको थियो


यस अवधिमा उल्टै फेवातालको दोहन र अतिक्रमण तीव्र बनेको थियो। सर्वोच्चको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री ओली, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसीलगायतले सर्वोच्चको अवहेलना मुद्दा खेप्नु परेको थियो। उक्त मुद्दा खेप्न थालेपछि मात्र सरकारले सीमाङ्कन र नक्साङ्कनका लागि समिति बनाएर सक्रियता देखाएका थियो।

फेवातालको आधिकारीक चार किल्ला निर्धारण, सीमाङ्कन र नक्साङ्कनको काम सकिएपछि अब समिति सबैभन्दा महत्वपूर्ण मुद्दामा प्रवेश गरेको छ। अबको तीन महिनाभित्र फेवाताल मिचेर बनाइएका संरचना, तालको जमिन व्यक्तिका नाममा गरिएको अवैध नामसारी र पुर्ख्यौली जग्गाको खोजबिन गर्नु पर्नेछ।

समितिका संयोजक र सदस्य

१. श्री पुण्यप्रसाद पौडेल –गण्डकी प्रदेश सरकारको प्रतिनिधि, संयोजक ।
२. श्री मानवहादुर जिसी – नगर प्रमुख, पोखरा महानगरपालिका – सदस्य ।
३. श्री भरत गौतम उपसचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग– सदस्य ।
४. श्री निर्मलकुमार आचार्य, प्रमुख नापी अधिकृत, नापी विभाग – सदस्य ।
५. श्री केदार बराल, डिभिजन प्रमुख, डिभिजन वन कार्यालय, कास्की – सदस्य ।
६. श्री प्रभा पाण्डे, कार्यक्रम अधिकृत राष्ट्रिय ताल संरक्षण विकास समिति – सदस्य ।
७. श्री कृष्णप्रसाद पौडेल, प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय कास्की–सदस्य ।
८. श्री केशवराज सुवेदी नि। कार्यालय प्रमुख, मालपोत कार्यालय कास्की– सदस्य ।
९. श्री खिमलाल गौतम, प्रमुख नापी अधिकृत नापी कार्यालय कास्की – सदस्य सचिव ।

समितिले फेवातालको चार किल्ला निर्धारण तथा सीमांकन गर्न तपसिल बमोजिमका आधारहरू तय गरेको थियो ।
१. फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल ।
२. फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण ।
३. ताल वरपर रहेका जनप्रतिनिधि स्थानीय वासिन्दाहरू तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया ।
४. फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार ।
५. दुर सम्वेदन तथा भू–भौतिक इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी अध्ययन ।


उल्लिखित आधारहरूमा रही सबै आधारहरूको सुक्ष्म अध्ययन गरी गति क्राइटेरिया एनालाइसिससमेत गरी समितिले हालसम्मकै सबैभन्दा वैज्ञानिक तबरबाट फेवातालको नक्साङ्कन तथा सीमाङ्कन कार्य गरेको छ ।
मिति २०७७ माघ २७ गते तोकिएको समयभित्रै फेवातालको चार किल्ला निर्धारण गरी नक्सांकन र नक्सामा सीमाङ्कन समेत गरेको प्रतिवेदन समितिले गण्डकी प्रदेश सरकारमा पेश गरेको थियो ।
मिति २०७७ फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन सम्बन्धी निर्णय अनुसार तपशिल बमोजिमको सिमाना कायम भएको छ ।

  • फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गर्ने ।
  • फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सीमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटरबाटोसम्म कायम गर्न संलग्न अनुसूची १ को नक्सा बमोजिमको फेवातालको सीमांकन कायम गर्ने
  • फेवातालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर ९११२५५ रोपनी ११ आना १ पैसा० कायम गर्ने ।
  • यसरी कायम गर्दा फेवातालको सीमाना तपसिल बमोजिमको भौगोलिक सीमा हुन आउँछ ।
  • साथै फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जान्छ ।

२०६८ सालमा १२८७४ रोपनिमा फैलिएको फेवाताल २०७७ सालमा नाप्दा ११२५५ रोपनिमा सिमित भएछ । १६१९ रोपनि खै रु अबको केही सालमा यो पनि ग़ायब हुन सकछ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*