August 4, 2021

बिदेशीएका अशोक सुनारको पिडा र यहाँहरुको सहयोग ।

रोहीत वस्नेत
माघ ५ कपिलवस्तु

कमजोर आर्थिक हैसियत भएका कारण वर्षेनी लाखौं नेपालीहरुले रोजगारीका लागि विदेशीनु पर्ने वाध्यता छ ।

कपिलवस्तुको शिवराज न.पा. वडा नं. ९का अशोक सुनार करिव आठ बर्ष पहिला ठुलो सपना बोकेर साउदी गए । गाउँघरमा साथी भाई बा आमा श्रीमती र छोरी संगै बसेका उनलाई विदेश जाँदा निकै सास्ती खेप्नु पर्यो । एजेन्टले निकै समस्यामा पार्दियो । उनले आफु विदेशमा पुग्दा पनि निकै समस्या झेले ।

अशोक सुनारको मुद्दा एकदमै पुरानो र जटिल छ । भने जस्तो काम नपाएर दुख पाए पछी कम्पनीबाट भागेका कारण साहुले कम्पनी घाटा भएको भन्दै रीसले १८ जना विरुद्ध प्रत्येक कामदार प्रति २५००० रियाल चोरीको मुद्दा हालेको कुरा पिडीत अशोक सुनार रुदै बताए ।

ति १८ जना मध्येका ३ जना नेपाल मुलुका थिए अरु बाँकी भारत पाकिस्तान, श्रीलंका गरी विभिन्न मुलकका रहेको दुतावासले जनाएको छ । ति मुलुकहरुले पिडामा परेका आफ्ना नागरीकलाइ देश फर्काए पनि नेपाल सरकार तथा त्यहाँ स्थित नेपाली राजदुतावसले पहल नै नगरेको देखियो बाँकी २ जना नेपाली राम हृदय शाह र देव कुमार पुर्वीया सिराहा जिल्लाका विभिन्न संघ संस्थाको पहलबाट नेपाल फर्किए पनि अशोकलाइ साथ दिने कोही भएन ।

दमाम स्थित दूतावासका जनसम्पर्क कर्मचारी हरी घिमिरे सँग मुद्दाको सम्पूर्ण जानकारी रहेकोले हामी उहाँ सँग समन्वय गर्दा ‘पैसा नतिरिकन नेपाल फर्कन गार्हो रहेको जानकारी दिएका छन् ।
वैदेशी रोजगारमा पठाउने म्यानपावरको लाहापर्वाहीको कारण यति बेला ”अशोक सँग नत ..पैसा छ ?……… नत उनको परिवारको साथ ?……. रोजगारीका कर्ममा बेदेशीएका अशोकको यति बेला घरमा रहेकी श्रीमतीको समेत उत्तो पत्तो छैन । श्रीमान नेपाल फर्कन गारो देखे पछी उनी केही महीनाबाट सानो छोरी छोडेर परीवार सँग सम्पर्क विहीन भएको अशोककी आमाले रुदै बताउँछीन ।

यता अशोक सुनारको घर कपिलबस्तु स्थित घर परिवार, आफन्त र साथीभाईले अशोक सुनारलाई नेपाल फर्काउन विभिन्न दात्रिनिकाय, संघ संस्था लगायत नेपाली आमा बुवा, दाजु भाइ, दिदी वहीनीहरु सँग हार गुहार गर्दै सहयोगको अपील गर्नुका साथै उनलाइ सहयोग गर्न चाहने नेपालीले उनको वहीनीको नाममा रहेको कपिलबस्तु चनौटा स्थित कुमारी बैक लि. मा खाता समेत खोलेका छन् ।

हुन त यस्ता खालका दुख घटनाहरु नेपालमा थुप्रै घटेका छन् । दैनिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि विदेश जाने प्रायः सबैका आफन्तले बिदाइका क्रममा फुल,माला,रातो टिका,खादा समेत तामझामका साथ बेहुला/ बेहुलि सिँगारे जस्तै वाइवाईका हात हल्लाउँदै गरेको यहाँहरु देख्न सक्नु हुन्छ …………… तर भोलीको पिडा के थाहा …आज जो अशोकलाइ परेको छ ।

अध्यागमन विभागको रिपोर्ट अनुसार हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने पन्ध्रसय वेरोजगार रोजगारीको सिलसिलामा खाडि लगायत विभिन्न मुलुकमा प्रवेश गर्ने गरेका छन् भने दैनिक कम्तीमा २ देखि ५ जनाको सब रातो बाकसमा पोको पारेर फर्किने गर्दछन्।

वैदेशिक रोजगारीमा जाने यस्ता बेरोजगार युवाहरूले सम्झौता अनुसारको तलब सुविधा,कम्पनीको तर्फबाट पाउने मानसिक पिडा,पारिवारिक झमेला,आफू विदेश यात्राको क्रममा थाप्लोमा परेको ऋण लगायत थुप्रैकारणले मुत्युलाई रोज्न बाध्य परिरहेका हुन्छन्।

अंग्रेजी साहित्यका नाटककार विलियम सेक्सपियरले भनेझैं जिन्दगी एउटा नाटक घर रहेछ, जहाँ हामी कलाकारहरु नाटक मञ्चन गरिरहेका छौं । कहिले मिलन, कहिले विछोड, कहिले हर्ष, कहिले आशूं । कहिले दिन, कहिले रात त्यस्तै त्यस्तै । आज अशोकको पिडा तेही हो …………….।

यहाँहरुको एक सानो सहयोगले अशोक नेपाल फर्कने छन् हामीलाई ठुलो आशा छ । सहयोग गर्न चाहाने मनकारीहरुले । कपिलवस्तु चनौटा स्थित कुमारी बैक लिमीटेडमा उनकी बहीनीको खातामा जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*