September 27, 2021

फेवातालमा मृत्यु भएका आत्माको चिर शान्ति र वैकुण्ठवासको लागी महाआरती संचालन

रोहीत वस्नेत
पौष २७ पोखरा : माता तालवाराही आरतीको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नंं १८ बंग्लादी सिम्पानी स्थित कैलाश धाम शिव मन्दिरको सभाहलमा वार्षिक साधरण सभा सम्पन्न भएको सम्पन्न भएको हो ।

प्राकृतिक छटाले भरिपूर्ण माछापुच्छे हिम श्रृङखलाको काखमा रहेको यस पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमणको गन्तव्य मात्र नरही धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना रहेको स्थान हो भन्ने ठहर गर्दै धार्मिक पर्यटनको प्रबद्र्धनमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ २०७५ सालको घटस्थापनाका दिन देखि पोखराको ताल वाराही घाटमा नित्य सन्ध्याकालीन महाआरती आरती संचालन भइरहेको यहाँहरुलाई सर्वविदीतै छ ।

तालवाराही भगवतीको आरधनाले जनमानसमा धार्मिक अध्यात्मिक भावनाको अभिबृद्धी गर्ने धार्मिक पर्यटनको विकास गर्न तथा पर्यटकको बसाई लम्बाउनुका साथै फेवाताल परिसरमा रहेका लागु पदार्थ तथा अन्य दुव्र्यसनिहरुलाई समेत दुव्र्यसनबाट मुत्त गराई स्वच्छ एवम् पारिवारीक वातावरण तयार पार्न सहयोग पु¥याउने, फेवाताल परिसर भित्र आकस्मिक मृत्यु भएका मानिसहरुको आत्माले चिर शान्ति पाओस् वा वैकुण्ठवास होस,मानिसहरुलाई सकरात्मक सन्देश प्रबाह गर्न सकरात्मक सोचको भावना वृद्धि गर्न योग मेडिटेशन, संगीतमय साझ बनाउन र संस्कृतिको प्रभाव झल्काउनको लागि माता ताल वाराहीको गरिमालाई उच्च र स्वच्छ वातावरणको लागि आरतीको धुवाँले प्रदूषित वातावरणलाई स्वच्छ बनाउन सहयोग पु¥याउने जगत प्राणिमा विद्यमान विभिन्न प्रकारका जातिगत, धार्मिक, सामाजिक, लैङ्गगीक, साम्प्रदायिक, सङ्कीणता एवम् विकृतिहरुलाई कम गराई सामाजिक टेवा पु¥याउन हिन्दु धर्म संरक्षणको लागि सकरात्मक सन्देश फैलाउनको लागि महाआरती संचालन गरेको कुरा महाआरती संचालन सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिनु भयो ।

वडा नंं ६ का अध्यक्ष जगत वहादुर पहारी प्रमुख अतिथि तथा गिरिराज अधिकारी सभा अध्यक्ष रहेको वार्षिक साधारण सभाको सो अबसरमा अहोरात्र खटीनुहुने दुर्गाप्रसाद तिमिल्सिना, गोकण अधिकारी र प्रकाश गुरुलाई सम्मान गरीएको थियो । कार्यक्रम सचिव सूर्यनाथ पहारीले संचालन गर्नु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*