September 23, 2021

महिला पर्यटन व्यवसायी मञ्च (WOTEF)मा : पार्वती पाण्डे

रोहीत वस्नेत
पौष २६ पोखरा :
महिला पर्यटन ब्यावसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे चयन हुनु भएको छ ।
मञ्चको तेश्रो वार्षिक साधरण सभा तथा दोश्रो अधिबेशनले निवर्तमान तथा संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्षमा उमा देवी भण्डारी, सचिवमा ममता न्यौपाने, सह-सचिवमा बाल कुमारी न्यौपाने, कोषाक्ष्यमा लक्ष्मी लामीछाने र सह-कोषाक्ष्यमा शारदा भुजेल चयन हुनुभएको छ ।

तेसै गरी सदस्यहरुमा उमादेवी अधिकारी,मञ्जु कार्की, कान्ती अधिकारी, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट, लिलुमाया भण्डारी, मिठुदेवी लामीछाने, शुसिला सिग्देल, शान्ति पुर्जा र शुशिला भणडरी भयन हुनुभएको छ ।

मञ्चको तेश्रो वार्षिक साधरण सभा तथा दोश्रो अधिबेशनले आगामी दुइवर्षे कार्यकालको लागी पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

पोखरा नेपालको पर्यटनको राजधानी र गण्डकी प्रदेश नेपालको पर्यटनको हव भएको कुरा तथ्यहरुले पुस्टि गर्दै आएका छन् । प्रकृति,संस्कृति र साहसी गतिविधिको अतुलनीय संगम भेटिने यस स्वर्गको टुक्रा जस्तो भूगोल साँचची नै अनुपम छ , यहाँका पर्यटकीय उपजहरु, पर्यटकीय पुर्वाधारहरु ,हवाई तथा सडक सम्पर्क संजालहरु, निजि क्षेत्रबाट उच्च मनोबलका साथ भएको व्यापक लगानी आदिले गर्दा यो ठाउँ बास्तवमै नेपालको पर्यटनको राजधानीको रुपमा स्थापित भैसकेको छ । सन् १८९९ मा इकाई कावागुचीको भ्रमंण बाट चर्चामा आउन थालेको पोखरा सन् १९५० को जुन ३ तारेखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको समुहले अन्नपुर्ण प्रथमको सफल आरोहण गरेबाट सुरु भएको यहाँको पर्यटनले १९७० तिर व्यवसायीक रुप लियो भने १९८० बाट व्यापक रुपमा पर्यटन व्यवसाय फस्टाउन थाल्यो क्ष्नेपाल सरकार र निजि क्षेत्रबाट भएका प्रवर्धनात्मक अभियानहरुले गर्दा यो क्षेत्र बिस्व भरी नै स्थापित हुन गयो । यहाँको समग्र क्षेत्र प्रत्यक्ष्य वा परोक्ष्य रुपले पर्यटन संग जोडिएको हुन्छ जसको कारणले गर्दा पर्यटनमा आएको फेर बदलले यी सबै क्षेत्रमा प्रभाव परेको हुन्छ २०१९ मा मात्र बिदेशी ४८०००० र करिब पाँच लाख आन्तरिक पर्यटक गरी करिब १० लाख पर्यटक हरुले पोखराको भ्रमण गरेका थिए क्ष्बिदेशी पर्यटक मध्ये ६०५ जति विभिन्न साहसी गतिबिधि गर्न पोखरा आउने गर्छन यहाँ सरकारी तथा निजि क्षेत्रबाट ठुलो मात्रामा लगानी भएको छ पोखरामा मात्र ७०० भन्दा बढी पर्यटक स्तरका होटल, रिसोर्ट लज,गेस्ट हाउस आदी छन् भने १५० पर्यटक स्तरका रेस्तुरेन्ट,२०३ ट्रावेल एजेन्सी ,१५९ ट्रेकिंग एजेन्सी ,६५ वटा प्यारा ग्लाइडिंग कम्पनी , तिन वटा अल्ट्रा लाइट कम्पनी,११५ वटा ट्रेकिंग सामग्री पसल , ७५ वटा गार्मेन्ट पसल, ६३ स्पा ,१५ वटा पर्यटक किताब पसल ८७ वटा पर्यटक बस आदिमा करिब ७५००० मानिसहरुले प्रत्यक्ष्य रुपले रोजगारी पाएका छन् क्ष् यहाँ १०६०० वटा पर्यटक सेवा प्रदायक व्यवसाय संचालित छन् यस्तै १९२ अरब प्रत्यक्ष्य लगानी देखिन्छ भने समग्रतामा हेर्दा ५०० अरब निजि क्षेत्रको मात्र लगानी भएको पाइन्छ । यति ठुलो लगानी भएको यस क्षेत्रमा २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा देखिएर बिस्वब्यापी महामारीको रुप लिएको कोविद -१९ को महामारीले गण्डकी प्रदेशमा मात्र दैनिक १३।३६ करोड नोक्सान हुँदै आएको छ यस महामारीको कारण समग्र बिस्वको साथमा हाम्रो देश, हाम्रो समुदाय , समाज र व्यवसाय सबैमा नकारात्मक प्रभाव परेको छ फरक यति छ कि,बिकसित देशले जनता तथा व्यवसायीलाइ रास्ट्रको तर्फबाट प्रभावकारी सहयोग पुर्याएका छन् ।

हाम्रो देशको अर्थ तन्त्रका विभिन्न पक्श्यहरु लगभग चलायमान हुन सुरु गरेका छन् तर पर्यटन बजार सुन्यको अवस्थामा छ , पर्यटनका विभिन्न क्षेत्रहरु तनावको अवस्थामा छन् , व्यवसायीहरुले बैंक बाट लिएको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्था रहेन , श्रमिकहरुको जागिर गयो , विभिन्न क्षेत्रमा हुने उत्पादन र बजारको सम्बन्ध नै लथालिङ्ग हुन थाल्यो, पर्यटन भनेको मानव जातिले एक स्थानबाट अर्को स्थानमा गर्ने आवत जावतबाट उत्पन्न हुने व्यवसाय भएको तर नेपाल लगायतका सबै जसो देशहरुमा भएको लकडाउन र निषेधाज्ञा अनी बिस्व स्वास्थ्य संगठनले यस रोगलाई बिस्व महामारी घोषणा गरेपछि मानवको आवत जावत लगभग पूर्ण रुपले बन्द हुन पुग्यो , नेपालको अर्थ तन्त्र डामाडोल हुन गयो , बृहत शान्ती सम्झौता मार्फत नेपालमा चलेको सशस्त्र द्वन्दको अन्त्य गर्ने प्रयास स्वरूप शान्ती प्रक्रिया सुरु भए देखि नै नेपालको पर्यटन क्षेत्रमा निजि क्षेत्रले लगानी बिस्तार गर्न थालेको थियो दुइ पटकको निर्वाचन मार्फत भएपनि संबिधान सभाको माध्यम बाट नेपाली जनताका प्रतिनिधिले संघिय गणतन्त्र नेपालको नयाँ संबिधान जारि गरेपछि राजनैतिक स्थिरता र दिगो शान्तीको वातावरण बन्दै गएको थियो ।

यसै गरि नेपाल सरकारको तर्फबाट नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरी सन् २०२० मा बिस लाख बिदेशी पर्यटक नेपाल भित्र्याउने र यो संख्या क्रमश बढाउदै लाने योजना सार्वजनिक भएको र पोखरा र भैरहवामा निर्माणाधिन अन्तर रास्ट्रीय बिमान स्थलहरुको तिब्र रुपमा भएको प्रगतिले गर्दा पोखरा र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा तिब्र रुपमा लगानी बिस्तार भएको थियो । कोभिड-१९ ले विभिन्न क्षेत्रमा पारेको प्रभावलाइ सम्भोधन गर्ने क्रममा नेपाल सरकारले आव २०७७ / ७८ को मौद्रिक निती मार्फत विभिन्न क्षेत्रमा सम्बोधन गरेको थियो । गण्डकी प्रदेश सरकारले पनि साना तथा मझौला व्यवसायीलाई जोगाउन व्यवसाय पुनर्जीवन कोष स्थापना गर्यो ,तर यस आर्थिक बर्षको लगभग आधा समय समाप्त हुँदा पनि व्यवसायीहरुले कुनै पनि सुबिधा पाउन सकेको अवस्था छैन नेपाल सरकारले जारी गरेका प्रोटोकलहरुको अधिकतम लागु गर्दै जनजीबन लाइ सामान्यीकरण गर्नुको विकल्प छैन , अब नवीनतम सामान्य अवस्था तर्फ लाग्दै सबै पर्यटकीय आकर्षण तथा गन्तब्य लाइ पर्यटकका लागी खुल्ला गर्दै आन्तरिक पर्यटकमार्फत पर्यटनको ढोका खोल्ने कार्यमा पर्यटनको राजधानीमा रहेको गण्डकी प्रदेश सरकारले नेतृत्व गर्नु पर्ने सचिवको प्रतिबेदनमा उल्लेख छ ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, लगायतले पोखराको पर्यटनका विषयमा बोलेका थिए ।

कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारी तथा पत्रकार जमुना वर्षा शर्मालाइ सम्मान गरेको मञ्चको सचिव उमादेवी भण्डारीले जानकारी दिनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*