September 26, 2021

पोखरा पर्यटन परिषदमा गोपीबहादुर भट्टराई

मंसिर १२ पोखरा: पोखरा पर्यटन परिषद अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । पोखरामा शुक्रबार भएको परिषद्को ११ औं अधिवेशनबाट अध्यक्षमा गोपीसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषद् उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*