August 5, 2021

पर्यटकिय क्षेत्रको सडकले मुहार फेर्दै

कार्तिक २६ पोखरा :

मुस्ताङचोक शहिद चोक, गौरीघाट,बराहि चोक,हल्लनचोक हुँदै जिरो कि.मी. सम्मको ५१५०मि. करिब साढे ५ कि.मी. अमेरिकी अस्फाल्ट प्रविधिको प्रयोग सडक कालोपत्रे गर्ने गरि पूर्वाधार विकास कार्यालय कास्कीले काम अगाडि बढाएको छ
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पूर्वाधार विकास कार्यालय कास्कीबाट काम अगाडि बढाएको पर्यटन समाचारलाइ जानकारी दिए ।

मन्त्री बस्नेतले गण्डकी प्रदेश अहिले आर्थिक समृद्धितर्फ जान समग्र विकासका योजनाअगाडी अघि बढिरहेको बताउँदै जनताले सजग भएर सधै खवरदारी गर्नु नै विकासका काम गुणस्तरीय हुनु हो उनले भने ।

भौतिक पूर्वाधार विकास कार्यालय गण्डकीले खर्च गर्ने गरी ९ करोड ७८ लाख १३ हजार ६ सय ६८ रुपैयाँमा बन्न लागेको यो कालोपत्रे सडकमा इलाईट मोतिदान जेभिले पाएको निर्माणको जिम्मा आगामी पुष मसान्त सम्म सक्नुपर्ने सहमति भएको छ । करिब साढे ५ किलोमिटर लम्बाई रहेको उक्त सडकमा ५ सेन्टीमिटरको मोटाईको कालोपत्रे हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*