September 23, 2021

रेवान पोखरामा लक्ष्मण बराल

कार्तिक १ पोखरा :

रेवान पोखराको २६औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनले लक्ष्मण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्धितिय उपाध्यक्षमा विश्वराज पौडेल, महा सचिबमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा भिष्मराज पौडेल र सहकोषाध्यक्षमा रोशन जंग कार्कीलाई चयन गरेको छ ।

त्यसै गरी समितिको सदस्यमा र्दोजे लामा, योगेश भट्टराई, वैभव पौडेल, विरेन शेरचन, बसन्त गौतम र राजेन्द्र ढकाल चयन भएका छन् ।

नेपालीहरुको माहान चाड बडादशैको पहिलो दिन घटस्थापनाको अबसर पारेर लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टमा कोभिड -१९ को सम्पूर्ण शुरक्षा विधि अपनाइ अधिबेशन सम्पन्न गरेको रेवान पोखरामा महासचिव विकाश भट्टराइले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*