October 25, 2021

दिउँसै निदायो ”लेकसाइड” पर्यटकीय क्षेत्र : लोकल बजारमा ‘भिडभाड’

रोहीत वस्नेत

असोज २१ पोखरा : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी कोरोना भाइरसको कारण विगत ६, ७ महिना देखि बन्द रहेका व्यापार व्यवसाय केही समय यता बाट खुल्ला गरे सँगै सञ्चालनमा आए पनि पोखराको पर्यटकीय राजधानी क्षेत्र लेकसाइड भने अझै लकडाउनको बेला जस्तै सुनसान देखिन्छ ।

पोखरामा रहेका मुख्य बजारहरु सिर्जनाचोक, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगा आदी बजार क्षेत्रमा यति बेला चाड पर्व नजीकीए सँगै निकै चहलपहल (घुईचो) बढेको छ तर पर्यटकीय बजार लेकसाइड अझै सुनसान जस्तै छ ।

पारीवारीक जमघट रमाईलो सँगै खानपिनका लागी पुग्ने ठाउँ लेकसाइडका रेष्टुरेण्टहरु अझै पूर्णरुपमा खुलेका छैनन् । फाट्टफुट्ट खुलेपनि ग्राहक देखिदैनन् । लेकसाइडको बाराहीचोक बाट हल्लनचोक, खहरे सम्म लगभग ५० प्रतिशत पसलहरु खुलेपनि, गौरीघाट, अम्बोट र फेस्टेलगेट सम्मको एरीया लगभग बन्द जस्तै देखिन्छ ।

लेकसाइडका केही किराना पसल, टिर्सट पसल, ट्रेकिङ्ग पसल (पदयात्रामा प्रयोग हुने कपडा पसल), कफीसप, जुस पसल, बुक पसल तथा हल्का फुल्का ट्राभल्स एजेन्सीहरु खुले पनि किनमेल गर्ने ग्राहक देखिदैनन् पसले टोलाएर बसेका छन् कोही पसले मोवाइलमा गेम खेल्दै दिन विताउँछन भने कोही पसले यता उताका साथी भाई सँग गफ गर्नमा मस्त देखिन्छन् ।

कोरोना माहामारीका कारण पर्यटक आउनेबाटो ७ महिना देखि बन्द खुले पनि पर्यटकीय बजारले गति लिन सकेको छैन। राती अबेरसम्म चहलपहल भई जागाराम हुने लेकसाईड अहिले दिनमा समेत राम्रो सँग खुल्न सकेको छैन, खुले पनि सुनसान छ ।

लेकसाइडका अधिकांश पसलका ग्राहक पर्यटक नै हुन । पर्यटक नभएसम्म लेकसाइड आफैमा लकडाउन हुन्छ खुल्ने खासै देखिदैन खुले पनि ब्यापार छैन । होटल युनाईटेड अपार्डमेण्टका सञ्चालक रामचन्द्र थापा भन्छन् दशै तिहार नजीकदै छ आन्तरीक पर्यटकको स्वागतको लागी हामी तयारी अवस्थामा छौं ।

आजको आवश्यकता भनेको आन्तरीक पर्यटन पर्बद्धन गर्नु हो बरिष्ठ पर्यटन व्यवसायी तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष बच्चुराम तिवारी ।
कोरोनाले तहस नहस बनाउँदा दशै तिहार (अक्टुबरे) पर्यटकको मुख्य सिजनमा पनि पर्यटन ब्यवसायीहरु फूर्सदीला देखिन्छन्

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले होटल, रेष्टुरेण्ट तथा अन्य पर्यटक लक्षीत पसलहरु खुले पनि ब्यापार नभएको पसल भनेको व्यापारीलाई दिन कटाउने मेशो मात्रै भएको छ यस बेला व्यापार भयन भन्दा पनि कसरी टिक्न सकिन्छ भन्नेमा ध्यान जानुका साथै नआत्तिईकन धैर्य रहेर अगाडी बढ्न सवै पर्यटन ब्यवासायीलाई आग्रह गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*