
रोहीत वस्नेत
असोज ९, पोखरा
जेष्ठ नागरीक सरोकार समाज नेपाल कास्की पोखरा -९, शान्तिघाटले आठौं वार्षिकोत्सब उत्सव कार्यक्रम कोरोना माहामारीका विचमा पनि आठवटा मैन बत्ती बालेर सम्पन्न गरेको छ ।
शान्ति घाट विकाश समिति कास्कीका अध्यक्ष शिव वहादुर कार्कीको प्रमुख आतित्थ्यता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरीक सरोकार समाज नेपाल कास्कीका अध्यक्ष भक्त राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष केशव प्रसाद ढकाल ,सचिव इच्छा वहादुर वाग्ले ,अक्षयकोष दाता मैना ओझा लगायतले आफ्ना भनाई राखेको जेष्ठ नागरीक सरोकार समाज नेपाल कास्कीका कार्याकारी सदस्य हरी प्रसाद फूयाँलले जानकारी दिनुभयो । वि.सं. २०६९ साल असोज ७ गते स्व. हरि किरण ओझा संस्थापक अध्यक्ष रहेर शुरु गरिएको संस्था ले आठ बर्ष पुरा गरिसकेको छ ।

“ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ । तर सरकारले जेष्ठ नागरिकहरुका लागि ऐन बनाएपनि ऐन कार्यान्वयनमा आउन नसकेकाले “ज्येष्ठ नागरिक”ले धेरै दुःख भोग्नु परेको देखिन्छ । नेपालमा जेष्ठ नागरिकको संख्या बढ्दै गएपनि उनीहरुका लागि बनेको विशेष ऐन कार्यान्वयनमा आउन सकेको छैन ।
जेष्ठ नागरिकका समस्याप्रति राज्य संवेदनशील हुनुपर्ने देखिन्छ ।
सार्वजनिक यातायात, अस्पतालमा उनीहरुका लागि विशेष सुविधा अहिलेसम्म उपलब्ध छैन।
अस्पताल, बिजुली टेलिफोन,खानेपानी, बैंक तथा वित्तिय संस्था जस्ता कार्यालयहरुमा जेष्ठ नागरिकहरुका लागी छुट्टै लाइनको व्यवस्था छैन, छुट्टै लाइनको व्यवस्था हुनुपर्ने देखिन्छ ।
जेष्ठ नागरिक ऐनमा सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट, अस्पतालमा निशुल्क उपचार पाउनुपर्ने लगायतका विषय समेटिएको छ । तर लागु हुन सकेको छैन ।
नेपालमा दिन प्रतिदिन जेष्ठ नागरिकको संख्या वृद्धिसँगै उनीहरुले पारिवारिक सामाजिक आर्थिक लगायतका समस्या भोगिरहेको देखिन्छ । जेष्ठ नागरिकहरु परिवारबाट अपहेलना र तिरस्कृत मात्र होइन मानसिक र शारिरिक यातनाको शिकार हुने क्रम दिन प्रतिदिन बढीरहेको देखिन्छ यसलाई सम्बन्धित निकायले समयमै समाधानको बाटो नखोजे भविष्यमा यसले नकारात्मकरुप लिने देखिन्छ । त्यसैले आजैका दिनबाट जेष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्ध जागरण अभियान शुरु गरौं ।

Leave a Reply