August 4, 2021

असोज ५ गते देखि आन्तरीक उडान सुरु : यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

असोज ४ पोखरा : कोरोनाको महामारीका कारण चैत्रको दोश्रो हप्ताबाट बन्द रहेको आन्तरिक हवाई उडान असोज ५ गते देखि सुरु हुने भएको छ । यसका लागि हवाई कम्पनीहरुले आफ्नो तयारी पुरा गरिसकेका छन् ।

असोज ५ गते काठमाण्डौं पोखरा काठमाण्डौ उडान भर्न बुद्ध एअर र यति एअरले टिकट बुकिङ् समेत गरेका छन् । बुद्धले २ वटा र यतिले २ वटा उडान तालिका सार्बजनिक गरेका छन् ।

सरकारले तयार पारेको कोरोना सम्बन्धि प्रोटोकल पालना गरेर आन्तरिक उडान सुरु गर्न थालिएको शुरुमा बुद्ध र यतिले उडान भर्ने विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईले बताए ।

पोखरा काठमाण्डौं पछि सबै भन्दा धेरै उडाउन हुने गन्तब्य जोमसोम हो । तर जोमसोममा कहिले देखि उडान शुरु हुने थाहै छैन ।
त्यस्तै पोखरा,भरतपुर र भैरहवामा पनि उडान थियो ति उडान बारे कुनै तयारी नै गरीएको छैन ।
असोज ५ गते भोलीबाट आन्तरीक उडान शुरु भए सँगै पोखराका पर्यटन व्यवसायी तथा धेरै ट्राभल्स एजेन्सीहरु उत्साहीत देखिएका छन् ।

आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
* सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
* विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
* इ-टिकेटबाट चेकइन हुनेछ ।
* आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
* सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
* विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
* शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
* कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
* मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।


विमान र कर्मचारीले अपनाउनुपर्ने नियम
* र्याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
* ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
* पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
* यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
* यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
* हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
* सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
* हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
*हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*