September 26, 2021

पोखरामा अन्त्येष्टि पछी कोरोना पोजिटिभ : महामारीको बेलामा यस्तो मनपरी किन ?

भाद्र २७ पोखरा: यति बेला पोखरा वडा नं. ५ मालेपाटन र वडा नं. ६ लेकसाईड बासीमा एक किसिमको त्रास फैलिएको छ ।

पोखरामा बिहीबार राति माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटनकी ४७ वर्षीया महिला ब्लड क्यान्सरबाट पीडित उनको फिस्टेल अस्पतालमा ज्यान गएको थियो । त्यस सँर्गै सुक्रवार विहानै उनको अन्त्येष्टि पनि गरियो तर उनको आज कोरोना रिपोर्ट पोजिटिभ आएको महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

फिस्टेल अस्पतालमा बिहीबार विहान कोरोना परीक्षणका लागि नमूना संकलन गरे सँगै राति १ बजे उनको भेन्टिलेटरमा मृत्यु भएको थियो ।

अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए उनको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।

अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ । अस्पतालले रिपोर्ट नआउँदै विरामीको शव हस्तान्तरण गरेर कोरोना जस्तो गम्भिर मामिलामा हेलचक्राई गरेको छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।

नमूना परीक्षणको रिपोर्ट नआउँदै परिवालाई शव हस्तान्तरण गर्नु अस्पतालको गम्भिर लापरवाही भयो नि भन्ने प्रश्नमा भने फिस्टेल अस्पताल मौन रहेको देखिन्छ ।

गण्डकी प्रदेश सरकार पोख्रेली बासी जान्न चाहान्छन् । कुरा के हो ? यस्तो गम्भिर लापरवाही गर्ने अस्पताललाई कार्वाही हुन्छ कि हुँदैन ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*