September 26, 2021

कोरोना महामारिमा पनि रक्तदान सम्पन्न

रोहीत वस्नेत

भाद्र १४ पोखरा

रक्तदान गरी गरौं जीवनदान !
दानमा दान, महादान रक्तदान !!

सम्भवतः देशका जुनसुकै क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यो शब्द सुनिन्छ। रक्तदान कार्यक्रममा निरन्तर रुपमा यो सुनिन थालेको आज १४ वर्ष भइसकेको छ। रक्तदान गर्नलाई प्रोत्साहन गर्ने र रक्तदानको महत्व झल्काउने यो शब्द धेरैले सुनेकै हुनुपर्छ।

तर, धेरैलाई थाहा छैन, यो शब्द का लेखक को हुन् भन्ने यो शब्द का लेखक हुन् प्रेमसागर कर्माचार्य यिनी तिनै कर्माचार्य हुन् जसले एक सय ५० पटक रक्तदान गरेर नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने कीर्तिमानी कायम गरेका छन्। धेरैले रक्तदाता प्रेमसागरलाई चिन्छन् ।

कोरोना संक्रमण फैलिएसँगै रगतको कमी भएको छ यो महामारिमा रगतको अभाब नहोस् भन्ने उदेश्य ले लायन्स क्लब अफ पोखरा अन्जुली र नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखालले सयुक्त रुपमा पोखराको लेकसाईडमा रक्तदान सम्पन्न गरेका छन् ।

”उक्त रक्तदान, जीवन दान” भन्ने रक्तदान कार्यक्रम मा ४१ जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभासद राजीव पहारी लायन्स क्लब District Co- Chief Adviser लायन बिनोद ढुगाना,चिफ adviser ( Blood donetion ) बालाकृष्ण शर्मा,रक्त संचार केन्द्र कास्की प्रमुख अर्जुन ज्ञवाली लगायत लायन्स क्लबका पदाधिकारीहरु तथा, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरु लगायत विभिन्न संघ संस्थाका महानुभावहरुको उपस्थिती थियो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभासद राजीव पहारी अगाडी भन्नुहुन्छ त्यस्तो बेलामा बिरामीको अवस्थालाई हरेरे जसरी पनि रगत दिनुपर्छ, अझ यस्तो महामारीमा गरेको रक्तदान रेडक्रसका लागि बरदान हो ।

रगत अभावलाई पनि केही सहज बनाउन सकिन्छ कि भन्ने उद्देश्यले अभियान थालिएको यसबाट कोरोना महामारीका बेला पनि सुरक्षित तवरले रक्तदान गर्न सकिन्छ भन्ने सन्देशसमेत प्रवाह भएको लायन्स क्लब अफ पोखरा अन्जुलीकी अध्यक्ष उमा रेग्मी भणडरी बताउनु भयो ।


नेपाल रेडक्रस सोसाइटीकै समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु नेपाल रेडक्रस सोसाइटी बैदाम उपशाखाका सभापति गिरीराज अधिकारी ।

कार्यक्रम रेडक्रसका सह सचिव तुलसी दाहालले चलाउनु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*