December 9, 2021

कास्कीमा निषेधाज्ञा (निर्णयसहित)

खाद्यान्य, फलफुल, तरकारी, माछा, मासु तथा डेरी जन्य पसल विहान ५ देखि ८ बजे सम्म र बेलुका ५ देखि ७ बजे सम्म सञ्चालन गर्न पाउने ।

भाद्र २ पोखरा: पोखरामा कोरोनाको फैलिएपछि कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो ।

पोखरा महानगरपालिकाले सोमबार रातिबाटै कडा निषेधाज्ञा जारी गर्ने निर्णय निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय कास्कीले एक दिन पछि सारेर मंगलबार रातिबाट जिल्लाभर नै गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधीका बाहेक अरु सबै पसल बन्द रहने छन् ।

त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् । सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*