October 25, 2021

पोखराका बगाले थापाहरु राष्ट्रिय बिभुती अमरसिंह थापा जन्म जयन्ती भव्यतका साथ मनाए ।

रोहीत वस्नेत

साउन १६ पोखरा : पोखरा १६ का बगाले थापा क्षत्री (कुल संरक्षण समिति)परिवारले आफ्नो कुल र पुर्खाको सम्मान गरौ भन्दै २०४ औं राष्ट्रिय बिभुती अमरसिंह थापा जन्म जयन्ती एक समारोहका विच मनाएका छन् । नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर नेपालको राष्ट्रिय विभूति मानिने आफ्ना पुर्खा अमरसिंह थापाको जन्म जयन्ती यसरी मनाउन पाउँदा बगाले थापा परिवारका अनिल थापाले आफुलाइ बगाले थापा भएकोमा अत्यान्तै गर्भ महसुस भएको बताउनु भयो ।

एक योद्धा भएर पनि फिरंगी आंग्रेजहरुले दिएको लोपलालचमा नपरि देशको बिषयमा कुनै सम्झौता नगरी बिशाल नेपाल को एकिकरण गर्न मा ठुलो भुमिका खेल्ने राष्ट्रिय विभूति अमरसिंह थापाप्रति नेपालका बिभिन्न ठाउँमा कार्यक्रम गरि सम्झना गरियो अमरसिंह थापा कै नाममा रहेको अमरगढि नामबाटै नामाकरण रहेको हाल अमर गढी नगरपालिका ले आज संम्झना स्वरुप सार्वजनिक बिदा नै दिएको छ।


अमरसिंह थापा (प्रधानमन्त्री) भीमसेनका पिता अमरसिंह थापा (सानुकाजी) अर्कै व्यक्तित्व हुन् नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन् । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन् । उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए । उनी र उनका सैनिकहरू मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए । त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको किम्मदन्ती छ ।
उनको जन्म वि. सं.१८०८ मा जनै पूर्णिमाको दिन बाघ भीम सिंह थापा र उमादेवीका पुत्रको रुपमा भएको हो । बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि मारवाट अनुसार उनले पिताको स्थान लिए । उनी रणजय ९रन्जै० थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ

थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । काजी वीरभद्र थापा पनि २३ औं पुस्ता हुन भनी लेखिएको छ ।

आज पनि उनलाई नेपालको ज्यूँदो बाघ मानिन्छ । उनलाई एसियाली वीरहरू सँग तुलना गरिन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको नाम यिनको नाममा राखिएको हो । अमरगढी किल्लामा यिनको यो प्रसिद्ध भनाइ सहितको मूर्ति छ ।


पूर्वमा टिष्टा पश्चिममा किल्ला कांगडा सम्मको त्यो बिशाल नेपालमा जुन हाल भारतमा समावेश छन् अत्यधिक भुभाग भारत हिमान्चल प्रदेशमा अवस्थित किल्ला काङ्गडाको ठिक सामुन्नेको डाँडा माथी भारतको गोर्खाली पल्टनले कुल मन्दिर मान्दै आएको जयन्ता माताको मन्दिर छ। सो मन्दिर परिसरमा अमरसिंह थापाको निसाना स्मरण प्रतीक बनाई राखेको पनि छ जुन प्रतिकहरू ले बराम्बार बिशाल नेपाल को इतिहासलाई हाल पनि ताजै राखेको छ ।

त्यति का बिशाल नेपाल बिभिन्न सम्झौताले आज खुम्चिएको छ । के बिशाल नेपाल बनाउन बलिदान दिएका सपुतहरुको सपना देश टुक्रा टुक्रा भागबण्डा गरेर राजनिति गर्दा सोभा होला ? यो एक पटक सवैले स्मरण गर्ने बेला आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*