September 23, 2021

बरिष्ठ पर्यटन व्यवसायी कँडेल दम्पत्तीद्वारा व्यवसायीलाई राहतस्वरुप घरभाडा मिनाहा

असार २५ पोखरा: नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइड कोरोनाका कारण तहस नहस भएको अवस्थामा भ्रमण बर्ष २०२० गण्डकीका सह-संयोजक तथा समाजसेवी बरिष्ठ पर्यटन ब्यवसायी अग्नी कँडेल तथा नर्मला कडेल (दम्पतीले) पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गर्नुभएको छ ।

कोरोनाका प्रभावका कारण लेकसाइड क्षेत्र ४ महिनादेखि सुनसान अवस्थामा छ । लाख–लाख रुपँया भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर घरभाडा तिर्न नसकेको अवस्थामा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था समेत देखिएको छ ।

पर्यटन सम्बद्ध संघ संस्थाहरुले पटक पटक घर भाडा मिनाहा र सहुलियतका लागि पहल मात्रै गर्दै आएपनि औपचारिक रुपमा घरभाडा छुटको घोषणा गर्न सकेका छैनन् यसै सन्दर्भमा कँडेल दम्पत्तीले मौनता तोड्दै घरभाडा छुटको घोषणा गर्नुभएको छ ।

घरधनी र भाडावालको सम्बन्ध सधै सहज र सम्पन्न अवस्थामा मात्र होइन, असहज परिस्थितिमा पनि सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत मात्रै गरेका हौ । लेकसाइडका अन्य घर धनिले पनि अहिलेको विषम अवस्थालाई ध्यान दिएर घरभाडामा छुट र सहुलियतको लागि मन सानो गर्न नहुने अग्नी कँडेल बताउनुभयो ।

उहाँकी पत्नि नर्मला कँडेलले तीन महिनाको ६ लाख भाडा र थप सुविधाका लागि व्यवसाय पुनः सञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत गर्न निर्णय गरेको बताउनुभयो । हामी पनि भाडानै बसेर व्यवसाय गरेका छौ यस्तो अवस्थामा एकअर्का बीचको सम्बन्धलाई मजबुत गराउन सक्नु नै ठुलो राहात भएको बताउनुभयो ।

उहाँहरुको यस्तो महान सहयोगलाई विभिन्न संध संस्था, पोखराबासी लगायत पर्यटकीय क्षेत्र लेकसाईडका बासीन्दाहरुले स्वागत गरेका छन् ।

अग्नी कँडेल नेपाल पर्यटन बोर्डका पूर्व सदस्य पनि हुनुहुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*