August 4, 2021

विपद्को बेलामा दु:खीको चुलो बाल्ने युवा

रोहीत वस्नेत

असार ७ पोखरा: कोरोनाको सबैभन्दा ठूलो उपचार लकडाउन नै हो । लकडाउनलाई कसरी बुझ्ने भन्ने कुरा महत्वपूर्ण छ । कोरोनाबाट बच्ने सबैभन्दा सजिलो र सरल उपाय भनेको लकडाउन नै हो । चीनले नियन्त्रण गरेको पनि लकडाउनबाट नै हो । विश्वका धेरै राष्ट्र लकडाउनबाट नै बाँच्न सफल भएका छन। बाँचेपछि खाने हो । तर बाँच्नका लागि खाने कुरा नै चाहियो । यो दुईवटै विषयमा अन्तरसम्बिन्धत नै छ ।

हुने खाने उपभोक्ताले ठूलो मात्रामा खाद्य पदार्थ सञ्चय गरेका छन् । ग्यासमा दुई चार वटा सिलिण्डर घरमा राखेका छन् । नहुनेलाई सधै गाह्रो भएको छ यही गाह्रो भएको अवस्थामा सहयोगी हातहरुलाई धेरैले याद गर्दछन् ।

छिरिङ्ग लामा शेर्पा यो नाम नसुन्ने सायद कमै होलान विभिन्न किसिमका महामारीमा आफ्नो सुखसुविधालाई भन्दा समाजको पिरमर्का, अफ्ट्यारोलाई महत्त्वपूर्ण ठानी अहोरात्र सेवामा खटिरहने एक समाजसेवी २०७२को भुकम्पका पिडीतहरु, बर्ष बर्षमा आइरहने वाढीपिडतका व्यक्तिहरु तथा कोरोना भाईरसले आतंक फैलाएका बेला खान नपाएर भोक भोकै परेका व्यक्तिहरु यो नाम सँगै धेरै नै परिचत छन् । साधारण हिसावमा भन्ने हो भने ३० बर्षिय छिरिङ्ग लामा शेर्पा एक सफल पर्यटन व्यवसायी हुन तर कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीको सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा पर्नगएको सर्बविदितै छ । पर्यटन व्यवसाय यति बेला अरु व्यवसाय भन्दा धेरै नै तहस नहस परेको देखिन्छ । बहिनी एडुकेयर फाउन्डेसनका अध्यक्ष छिरिङ्ग लामा शेर्पा,लामा राइजेन ट्रेक्स एन्ड एक्सपिडिसनका ब्यबस्थापक हुन ।

कोरोना भाइरसको माहामारीका बेला सरकारको लकडाउन सँगै भोकभोकै परेका व्यक्तिहरुलाई खाना खुवाएर जीवनरक्षा गर्नेकाममा लागिपरेका छिरिङ्ग लामा शेर्पा लाई अर्का दुई ब्यक्तिले साथ दिएका छन ।

(सुरेन्द्र परियार र विकाश भट्टराई)
सुरेन्द्र परियार पोखरामा रहेको बहिनी एडुकेयर फाउन्डेसन का संस्थापक अध्यक्ष तथा हाल कार्यकारी निर्देशक हुन यस्तै विकाश भट्टराई बहिनी एडुकेयरका बोर्ड सदस्य, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराका सचिव तथा जाभिस्टा अर्गानिक क्याफे लेकसाइड, पोखराका संचालक हुन ।

अर्काको दुःखमा रमाउन समेत पछी नपर्ने छिरिङ्ग लामा शेर्पा,सुरेन्द्र परियार र विकाश भट्टराईले कोभिड–१९ (कोरोना भाइरस) ले फैलाएको आतंकको बीचमा भोकभोकै परेका व्यक्तिहरु लगभग पाँचहजार जनालाई नि:शुल्क प्याकिङ्ग खाना खुवाएर जीवनरक्षा गर्नेकाम पुरा गरीसकेका छन् । यस कार्यमा अर्का समन्वयकारी भुमिकामा सूर्यनाथ पहारीको पनि सदैव सहयोग देखिन्छ ।

यस्तै फेरी अर्को तिर पोखराका विभिन्न क्षेत्रमा रहेका अति बिपन्न, एकल महिलाहरु, जुन मजदुरहरुको घरमा चुल्हो बल्न नसक्ने अवस्था सृजना भएको छ तेस्ता मजदुरहरु, ट्रेकिङ भरिया र पर्यटन मजदुरहरु लगायत लगभग ३०० जना अति बिपन्न बर्गका व्यक्तिहरुलाई लामा राइजेन ट्रेक्स एन्ड एक्स्पिडिसन प्रा.लि का संचालक छिरिङ्ग लामा शेर्पाको पहलमा Frizzey Light Austria (non-profitable organization) का Mr. Frizzey Greif and Mrs. Christine Jarosch को आर्थिक सहयोगबाट एक बोरा चामल, एक लिटर खाने तेल, एक प्याकेट नुन, दाल, केराउ एक एक किलोको दरले वितरण गरेका थिए ।

यति धेरै राहात वितरण के को लागी गर्नु भयो भन्ने हाम्रो पश्नमा राहात वितरण संकटको बेला मानवीय सहयोग गर्न पाउदा आफुलाई आनन्द महसुस भएको यो कार्य कसैलाई देखाउन नगरीएको भनेर पोखरा पर्यटन समचारलाइ बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*