
जेष्ठ ३० पोखरा: पोखराको मणिपाल अस्पतालमा उपचाररत एक जनामा कोरोना संक्रमण देखिएको छ ।
मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । उनले उनी के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने नखुलेको बताए ।

Leave a Reply