November 28, 2021

थप ३२३ जनामा कोरोना कहाँ कहाँ थपिए संक्रमित

जेष्ठ २७ पोखरा: पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।

कहाँ कहा थपिए संक्रमित ?

मन्त्रालयकाअनुसार सबैभन्दा धेरै महात्तेरीमा ५० जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२र१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०र१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७र७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २र२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या संख्या चार हजार ८५ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ५८४ जना डिस्चार्ज भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*