September 23, 2021

पोखरा थप १ जनामा कोरोना पुष्टि १ जना उपचाररत कोरोना संक्रमितको मृत्यु

जेष्ठ २६ पोखरा: पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीयमा कोरोना पुष्टि भएपछि आइसोलेसन कक्षमा राखिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै पोखराका एक ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरको क्वारेन्टिनमा रहेका उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित व्यक्तिलाई अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*