August 4, 2021

उद्योग वाणिज्यसंघले लकडाउनको मोडेलिटी परिवर्तन गर्न सरकारलाइ आग्रह : सरकारले कर वुझाउने म्याद असार ७ गतेसम्म थप

जेष्ठ २१ पोखरा: पोखरा उद्योग वाणिज्य संघले लक डाउनको मोडेलिटी परिवर्तन गर्दै सम्पुर्ण उद्योग व्यवसायहरु खोल्न सरकार संग माग गरेको छ ।

पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले लक डाउनको मोडेलिटी परिवर्तन गर्दै सम्पुर्ण उद्योग व्यवसायहरु खोल्न माग गरेका हुन ।

उनले भने–“सरकारले जेठ २५ गते सम्म कर दाखिला गर्न उर्दि जारि गरेको छ, ३२ गते सम्म लकडाउन छ यो अवस्थामा हामी कसरी कर दाखिला गर्न सक्छौ ? यस्तै हो भने हामीलाई लक डाउन उल्लघन गर्न वाध्य नपारियोस । सरकारले लक डाउनका समयमा कर तिर्न वाध्य पारिए सम्पुर्ण उद्योगी व्यवसायीले सरकारलाई ताला चावी वुझाउने आफुहरुले तयारी गरेको अध्यक्ष अधिकारीले बताए ।

कोरोना सक्रमणका कारणले भन्दा पनि भोक र अन्य रोगका कारणले नागरिकहरुको मर्नेको संख्या बढिरहेको अध्यक्ष अधिकारीले बताउँदै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

उता आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*